बागलुङ बजार वरपरका डांडा सेताम्य, गाजाको दहले बढायो थप सुन्दरता

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


बिहीबार राति परेको पानीका कारण डांडाकाडां हिंउले सेताम्य देखिएका छन । बागलुङ सदरमुकामबाट देखिने अधिकांश डाडाहरु हिंउले ढाकिएका छन । भकुण्डेको शौर्यधुरी, गाजा दह, घोडाबाधे, धम्जा, संसारकोट क्षेत्रमा व्यापक हिउं परेको छ ।
यातयातको सुगमता र बाक्लो हिंउका कारण घोडाबाधेमा हिंउ खेल्नेहरुको बिहानै देखि उपस्थिति देखिएको स्थानियहरुले फेसबुक पेजमा पोष्ट गरेको देखिन्छ ।

यसै गरी बडिगाडको रणसिङ्किटेनीमा भारी हिमपतका कारण जनजिबन प्रभावित भएको छ । बाटोहरु अबरुद्ध भएका छन । करिव २ हजार १ सय उचाई रहेको यहां २ फिट हिंउ परेको दिनेश शर्माले बताउनु भयो ।


२ हजार ३ सय ५० को उचाईमा रहेको शौर्यमा पनि करिब १ फिट हिउं परेको अतिथि सत्कार होम स्टे, भकुण्डेका अध्यक्ष खिम थापाले जानकारी दिनु भयो । संसारकोट क्षेत्रको तल्लो भाग रायरायकोटसम्म हिंउ परेको स्थानिय रामचन्द्र सापकोटाले बताउनु भयो ।


यसै गरी विशेष पर्यटकिय गन्तव्य गाजाको दहमा परेको हिंउले स्थानिय वातावरण निकै आकर्षक देखिएको छ । स्थानिय शेर पुनका अनुसार यस क्षेत्रमा करिब २ फिटसम्म हिंउ परेको छ । करिब ७ रोपनी क्षेत्रफलमा रहेको गाजा दह वरपरको हिंउ परिदृश्यले धेरैलाई आकर्षित गर्ने गरेको छ । करिब २४८० उचाईमा रहेको यो ताल १ बांस भन्दा गहिरो रहेको स्थानिय सस बहादुर पुन बताउनु हुन्छ ।