बागलुङमा हालै नयाँ सस्था भद्रकाली सेवा समूह गठन भएको छ।शिक्षा ,स्वास्थ, सिर्जना,मानवीय सेवामा सहयोग पुर्याउने यसको लक्ष्य रहेको छ।
बागलुङ न पा २ निवासी सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठका माता तथा सासु स्व। भद्रकाली राजभण्डारीको स्मृतिमा ५ लाख अक्षय कोष प्रदान गर्नु भएको छ। सस्थालाइ कृयाशिल गर्न साहित्यकार काजी रोशनको अध्यक्षतामा कार्य समिति गठन भएको छ।जस अनुसार सचीव निर्मला जिसि पन्त र सदस्य उ वा संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी , सुरेन्द्रजङ राजभण्डारी र दुर्वलकाजी राजभण्डारी रहनु भएको छ।संरक्षक सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठ रहनु भएको छ।
समुहको पहिलो बैठकले छोरीलाई मृगौला दान गर्ने बागलुङ न पा २ निवासी एक महिलालाइ सम्मान र बागलुङ न पा ३ निवासी रिया राजभण्डारीलाई बि बि एस पढ्न लाग्ने पुरै शैक्षिक खर्च सस्थाले ब्योहोर्ने निर्णय गरेको छ। बिबि एस को शिक्षण अबधी ४ बर्षको रहेको छ। सस्थाले बर्सेनि सेवाका नयाँ कार्य सहित समारोह गर्नेछ।