मालिका पुर्ब बिद्यार्थि मञ्च द्वारा बिद्यालयमा शैक्षिक सामाग्री घडी र डायरी बितरण

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


२०७८/०७/०९ गते बिधिबत दर्ता भयको यश सस्थाले हाल सम्म २२वटा बिद्यालयमा बितरण गरिसकेको छ। विभिन्न चरणमा गरि बा न पा ५ र,६ का सबै बिद्यालयलयलाइ पहिलो चरण बा न पा ७ का २ मा बि लाई दोस्रो चरण बा न पा ४ का ५ बिद्यालयलाइ तेस्रो चरण म्याग्दी जिल्लामा अबस्थित भानु मा बि र रामचन्द्र मा बि लाई चौथो चरण मा गरि हस्तान्तरण अझ केही बिद्यालयमा पुग्ने तयारी।

यो अभियान मा सहयोग गर्ने दाता क्रमस जिल्ला समन्वय समिती बागलुङ का सदस्य डिल्ली प्रसाद आचार्य बाटा ३७ भित्ते घडी,बानपा ५ हाल जापानमा रहनु भयका ओम प्रसाद साप्कोटा बाट ८० डायरी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बाट ८ घडी र ४० डायरी प्राप्त भयको थियो। सो अभियानको शुभारम्भ शिक्षा बिकास तथा समन्वय इकाइ बागलुङ प्रमुख कुस्मराज उपाध्याय ले यक समारोहका बिच मालिका मा बि गर्नु भयको थियो।सो अबसरमा उहाले शैक्षिक सहजीकरण यो अभियान फलदायी हुने कुरा मा जोड दिदै सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भयो।

सोही अबसरमा जिल्ला समन्वय समिति सदस्य डिल्ली प्रसाद आचार्य ,बानपा ५ वडा अध्यक्ष शिब प्रसाद सापकोटा ,१३ वडा अध्यक्ष नारायण प्रसाद पौडेल,गुरास शिक्षा सदनका प्रधानाध्यापक निसान खड्का ,धरणिधर शर्मा, चन्द्र प्रसाद सापकोटा , टेक बहादुर के सि, भवानिशंकरसापकोटा, बालकृष्ण सापकोटा लगायतले आफ्नो धारणा राख्नु भयको थियो।

सोही अभियान अन्तरगत कुडुले माबिमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखा अध्यक्ष जब्बर बहादुर लामिछने, डिल्ली प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य ,हरिलाल कडेल, नेरेसो मालिका उपशाखा सभापती रेसमलाल सापकोटा,मालिका सेवा समाज सचिब तेजबहादुर कुवर ,फुल प्रसाद सापकोटा ले यो अबियानका बारेमा आ आफ्नो धारणा राख्नु भयो।

त्यस्तै भानु मा बि मा पनि यक समारोहका सामाग्री हस्तान्तरण भयको थियो भने बा न पा ७ को बिस्वकर्मा मा बि मा पनि यो कार्यक्रम पुगेको थोयो यो अभियानको बारेमा विभिन्न ठाउमा आयोजित कार्यक्रम मा कार्यसमितिको तर्फबाट सचिब गुरु प्रसाद सापकोटा कोषाध्यक्ष बलराम सापकोटाले प्रकाश पर्नु भयो। अभियानको उद्घाटनमा कायक्रम सस्थाका अध्यक्ष जीवन नाथ शर्मा को अध्यक्षता, उपाध्यक्ष प्रमिला आचार्य को स्वागत, उदेश्य माथी प्रकास कार्यक्रम सयोजक महेन्द्र खड्का र संचालन महासचिव आनन्द प्रसाद रेग्मी ले गरेको।

आजसम्म ५५ आजिबन सदस्य बनेको। बिसेसत शैक्षिक गुणस्तर शुधारमा सहयोग , नेतृत्व बिकास, धार्मिक तथा पर्यटकिय ठाउको प्रचारप्रसार र संरक्षण ,सामाजिक बिकृती का विरुद्ध जनचेतना लगायत उधेस्यरहेता पनि मुख्य जोड शैक्षिक गुणस्तर वृद्धि मा नै छ।निजामती कर्मचारी संगठन का केन्दिय उपाध्यक्ष तथा मालिका मा बिका पुर्ब शिक्षक घनश्याम सापकोटाले यसको प्रयोगमा जोड दिनुभयो।