बागलुङमा ५ हजार २३ भुमिहिनहरुले दिए निवेदन

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


बागलुङका ५ हजार २३ भुमिहिनहरुले भुमी प्राप्तीका लागि राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा निवेदन दिएका छन् ।
सरकारले भुमिहिनहरुका समस्या समधानका लागि गठन गरेको आयोग जिल्ला समिति बागलुङमा बिभिन्न पालिकाबाट गरि ५ हजार २३ भुमिहिनले निवेदन दिएका हुन् ।
जिल्लाका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गर्नका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरि तीन प्रकारणमा वर्गीकरण गरेर तथ्याङ्क संकलन गरिएको थियो ।
निवेदन दिनेमा सबैभन्दा बढी ढोरपाटन नगरपालिकाका रहेका छन् भने सबैभन्दा कम ताराखोला गाउँपालिकाका रहेका छन् । ढोरपाटन नगरपालिकाबाट २ हजार २१ जनाको निवेदन परेको छ भने ताराखोला गाउँपालिकाबाट ४५ जनाको निवेदन परेको छ ।
बागलुङ नगरपालिकाबाट ४ सय ७५, गलकोट नगरपालिकाबाट ९३, जैमिनी नगरपालिकाबाट २ सय, बरेङ गाउँपालिकबाट ६५, काठेखोला गाउँपालिकाबाट २ सय, तमानखोला गाउँपालिकाबाट ३ सय २८, निसीखोला गाउँपालिकाबाट १ हजार ४६ र बडिगाड गाउँपालिकाबाट ५ सय ५० जनाले निवेदन दिएका छन् ।
जिल्लाभर भूमिहीन दलितको संख्या १ सय १०, भूमिहीन सुकुम्वासीको संख्या ३ सय ९३ र अव्यवस्थित बसोबास गरेका चार हजार ५ सय २० रहेका राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका नव नियुक्त अध्यक्ष धर्मबहादुर कुँवरले जानकारी दिनुभयो ।
नव नियुक्त अध्यक्ष कुवँरले जिल्लाका भूमिहीन नागरिको समस्या समाधानका लागि आफू निरन्तर लाग्ने भन्दै सबै तहका सरकार र नागरिकसँग समन्व्य गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।