नेपाली काँग्रेस, पर्वतको नयां कार्यसमितिको पदस्थापन

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


गोविन्द्र अधिकारी,पर्वत / नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतको नयाँ कार्यसमितिलाई आज पद हस्तान्तरण गरिएको छ । १४ औँ महाधिबेशनमा विजयी सभापति सहित कार्यसमितिका विभिन्न पदमा विजेताहरुलाई बधाई सहित पद हस्तान्तरण गरिएको हो । निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसालले जिल्ला सभापतिमा निर्वाचित युवराज जोशिलाई जिम्मेवारी हस्तान्तरण गरि नयाँ कार्यसमितिको पदस्थापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले पद लिने सबै नेता कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ट भएर पुरा गर्नुपर्ने बताउनुभयो । पार्टीले जिम्मेवारीका साथ काम गर्नेहरुलाई अवसर दिने बताउँदै जोशीले पद लिएपछि जिम्मेवारी अनुसार काम नगर्नेलाई जनताले कारवाही गर्ने समेत चेतावनी दिनुभयो । पार्टीको राजनीतिमा रहेका बिकृती र विसंगतीलाई केलाउन पनि उहाँले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता जोशीले निकट भविष्यमा आउँदै गरेका तीनै तहका निर्वाचन जित्ने गरि संगठन निर्माण गर्न र जनताको घरदैलोमा पुग्न पनि उहाँले नयाँ कार्यसमितिलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले नयाँ कार्यसमितिलाई चुनौती र अवसरहरु रहेको भन्दै सबै खाले समस्याको समाधान सामूहिक छलफलबाट मात्रै समाधान गर्न अनुरोध गर्नुभयो । सभापति सहित जिल्ला कार्यसमितिलाई कुनै पनि आन्तरिक छलफलहरु सामूहिक भेलामा व्यापक छलफल गर्ने संस्कारको विकास गर्न पनि सहमहामन्त्री जोशीले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ, गण्डकी प्रदेश साँसद ललितकला गुरूङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मिना केसि, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, नेपाली कांग्रेस पर्वतका निवर्तमान सचीव विश्वप्रकास प्रसाईं, महाधिवेशन प्रतिनिधि कुलप्रसाद पाध्या, महाधिवेशन प्रतिनिधि मुना भुसाल, जलजला गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस पर्वतका पुर्व कोषध्याक्ष यामवहादुर मल्ल “ रामकृष्ण“, नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रीय सभापति राजकुमार क्षेत्री, नेपाली कांग्रेस जलजला गाउँ कार्य समितिका सभापति इन्दुप्रकास शर्मा, नेपाली कांग्रेस प्रदेश सभा ख का क्षेत्रीय सचिव छविलाल तिवारी, नेपाल ट्रेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसि र नेपाल बिद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी लगायतले बोल्नु भएको थियो ।

सभापति जोशिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी र कार्यक्रम संचालन पार्टी सचिव अशोक उच्चै ठकुरी र अर्का पार्टी सचीव गुप्तनिधी शर्माले गर्नु भएको थियो । उक्त कार्यक्रममा वि.पि स्मृति भवन निर्माण समितीका संयोजक अर्जुनप्रसाद जोशी, निर्वतमान पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, निर्वतमान पार्टी सचीव विश्वप्रकास प्रसाईं, निर्वतमान कोषध्याक्ष यामबहादुर मल्ल “ रामकृष्ण“ सहित नेपाली कांग्रेस गण्डकी प्रदेशको १४ औं महाधिवेशनमा निर्वाचित सहमहामन्त्री रामचन्द्र जोशी, सदस्यहरु जितबहादुर नेपाली, सीता काफले लामिछाने र मिना केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।