जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङका प्रमुख बद्रि तिमिल्सिनाको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की सरुवा भएको छ । ट्राफिक प्रहरी कार्यालय, बाराबाट राजकुमार केसीको बागलुङ सरुवा भएको छ ।
करिब ८ महिनाको बागलुङ बसाईको क्रममा तिमिल्सिनाको सक्रियता निकै महत्वपूर्ण मानिएको छ । सरुवापछि तिमिल्सिनाको विधाई भएको छ । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख कृष्ण बहादुर पल्लि मगर लगायतले बिधाई गर्नु भयो
बजारमा पहिलो चोटी देखिएका डमी ट्राफिक प्रहरी, टफिक आडन, ठाउं ठाउंमा देखिने जनचेतनामुलक ट्राफिक बोर्डहरु तथा ट्राफिक प्रहरीहरुको सक्रियताले तिमिल्सिनाको नेतृत्व सबल बन्दै गएको देखिएको थियो । तिमिल्सिनाको सबै भन्दा महत्वपूर्ण पक्ष चाही सबैसंग मिठो बोलेरै काम गर्नु देखियो । सबैलाई आदर सत्कार गर्ने, यातयात व्यवसायी तथा कर्मचारीहरुलाई पनि नमस्ते गरेरै काम गर्ने शैलीले धेरैलाई छौएको देखियो ।
नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष एवं संचारकर्मि राजेशचन्द्र राजभण्डारीको विचारमा तिमिल्सिनाको सरलपन र सक्रिय नेतृत्व बागलुङको लागी आवश्यकता अनुसार नै देखिएको बताउनु हुन्छ । तिमिल्सिनाको काम गर्ने शैलिलाई राजभण्डारी जनपक्षिय टफिक शैली भन्न रुचाउनु हुन्छ । यातयात व्यवसायी उमेश के.सीले व्यवसायीको सल्लाह, सुझाव लिएर काम गरेको र कुनै आर्थिक वा अन्य विवाद नसुनिएको बताउनु भयो ।
बागलुङमा जति समय काम गरियो धेरै खुशी लागेको र बागलुङबासीको आत्मिय माया कहिल्यै नभुल्ने तिमिल्सिनाले बताउनु भयो । स्थानिय समुदायको मायाकै कारण यहां केही गर्नु पर्छ भनेरै टफिक योजना निर्माणलाई ध्यान दिएको उहांले बताउनु भयो ।