मोरङको उर्लाबारीमा आइटिएफको नगर कमिटी गठन

-


     कालिका दर्शन     
     माघ २२ गते २०७८ मा प्रकाशित


उर्लाबारी नगरपालिकामा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको नगर शाखाको रुपमा उर्लाबारी आइटिएफ तेक्वान्दो संघ गठन गरिएको छ । नेपाल आइटिएफका उपाध्यक्ष एवं प्रदेश नं.१ समितिका अध्यक्ष प्रविण कुमार कार्किको विशेष उपस्थितिमा शनिवार मन्जु गिरीको अध्यक्षतामा नगर कार्य समिति गठन गरिएको छ ।


नव गठित समितिमा उपाध्यक्ष दल बहादुर राई, सचिव हरि धिमाल, सह सचिव अन्जना भुजेल, कोषाध्यक्ष शशी भूषण मगर सदस्यहरु सीता घिमिरे, गंगा भुजेल, मनु लिम्बू, अम्बिका लिम्बू, दुर्गा श्रेष्ठ र बिनिल राई रहेका छन।
नब गठित समितिलाई विशेष अतिथि कार्कि, प्रदेश समिति उपाध्यक्ष राजेन्द्र धिमाल तथा मोरङ समिति अध्यक्ष युवराज भुजेलले शुभ कामना ब्यक्त गर्नु भएको थियो ।