
नेकपा एमाले, बागलुङको बुर्तिबाङमा संचालित २ दिने जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । जिल्ला कमिटि अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले जिल्ला कमिटिका सदस्य मनोनयन, सचिवालय तथा विभागीय प्रमुखहरु तोक्ने आदी निर्णय गरेको सचिव बिष्णु भुसालले जानकारी दिनु भयो ।
पहिलो पूर्ण बैठकले जिल्ला कमिटिको सदस्यहरुमा जित बहादुर काउचा, यमीकला थापा, खगेन्द्रमान बुढा, दिलिप थापा, रुद्र बहादुर पुन क्षितिज, नरबहादुर क्षेत्री, भिम बहादुर चन्द, सन्तोष पोख्रेरल, हिरा बहादुर विक , चित्र बहादुर भण्डारी, सरिता विक, सिता बोगटी , रुद्र बहादुर केसी, कृष्ण गौतम, आनन्द आचार्य , गोविन्द खड्का, मन बहादुर लामिछाने , खडक बहादुर पुन, झबिन्द्र बुढाथोकी, छेला नेपाली , नन्दे सुनार र जमुना शर्मा ढकाललाई मनोनित गरेको छ ।
यस्तै वैठकबाट जिल्ला कमिटि सचिवालय गठन गरीएको छ । जिल्ला कमिटि सचिवालयमा हिरा बहादुर केसी, लक्ष्मण पुन , विष्णु भुषाल, गणेस बहादुर थापा मगर, डम्मर श्रीस, विष्णुप्रसाद शर्मा, खुम बहादुर भण्डारी, करमति पुन, बिनाकुमारी थापा, यमुना राना मगर, बिर बहादुर विक, ढाल प्रसाद शेरचन, अमर बहादुर थापा , रुद्र प्रसाद पौडेल, नेत्र विष्ट, प्रेम बहादुर जीसी, पवित्रा रोका, याम बहादुर श्रीस थापा, कोपिला खरेल सापकोटा, चित्रकला छन्त्याल श्रीस, सरस्वती खड्का परियार, सुजाता नेपाली घमाल हुमादेवी खड्का सम्पन्न श्रेष्ठ, पुनम प्रसाद शर्मा, फरेन्द्र थापा , राजन पाइजा गणेस कुमार थापा, र खिम बहादुर थापा रहनु भएको छ ।
यस्तै वैठकले विभिन्न विभागिय जिम्मेवारी प्रदान गरेको छ । जसअनुसार पार्टीको स्कुल विभागको जिम्मेवारी हिरा बहादुर केसी, अर्थ तथा योजना विभाग लक्ष्मण पुन, आर्थिक विभाग विष्णु भुषाल, संगठन विभाग गणेश बहादुर थापा, मोर्चा संगठन विभाग डम्मर श्रीस, प्रचार विभाग चन्द्र गणेस शर्मा, स्थानिय विकास विभाग अम्मर बहादुर थापा , उद्योग वाणिज्य विभाग पुनम प्रसाद शर्मा, न्याय तथा कानुन विभाग खिम बहादुर घर्ती, पर्यटन प्रवर्दन विभाग खिम बहादुर थापा र फरेन्द्र थापा लगाएतलाई जिम्मेवारी प्रदान गरेको छ ।