भ्वाईस अफ किड्सबाट बाहिरीएकी समृद्वि परियारको आवाजमा ‘साह्रै याद आउछ’ बजारमा

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन, बागलुङ / भ्वाईस अफ किड्स बाट लाखौ दर्शकको मन जितेर पनि बाहिरीयकि मिठो आवजकि गायिका समृद्वि परियारको एकल आवाजमा रहेको साह्रै याद आउछ बोलको नया गित बजारमा आएको छ । बाल्यकालमा हासी खेली युवा अवस्थामा आईपुग्दा नजिक हुदा नजिकिएको सामिप्यता लाई साट्दै आफ्नो प्रेमि टाडा हुदा साह्रै याद आएको कुरा यस गितमा ब्याक्त गरिएको छ ।मुल बाटो हेरी एकलै बसेर टोलायको कुरा मात्र हैन मायालु लाई सम्झेर मनमा कुरा खेलायको कुरा समेत पोखिएको छ यसरी माया प्रेमको अन्तरंगलाई टपक्क टिप्दै किरण उप्रेतिले शब्द कोरेका छन भने पुष्कर सुनुवारले संगित भरेका छन ,गायिका समृद्वि परियारको एकल आवाजमा रहेको म्युजिक भिडियोलाई मोहन सुनुवारले सम्पादन र राजु मगरले छाँयाङकन गरेका छन , भिडियो पुष्कर सुनुवार युटुब च्यानलबाट सार्वजानिक गरिएको छ । तनहु जिल्लाको ब्यास नगरपालिका १ घर भई हाल काठमाण्डौमा अध्ययन संगै गायनमा लागेकि समृद्वीले भ्वाईस अफ किड्सको लाईभ राउण्डमा कुसुमे रूमाल बोलको गितबाट निर्णयक, दर्शकको मनमा पर्न सफल भएकि थिईन ।