यथास्थितिमा र भरखर एमसिसि पास हुन्न- शिक्षा मन्त्रि पौडेल

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


नेकपा माओबादीका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि देवेन्द्र पौडेलले यथास्थितिमा र भरखरै एमसिसि पास नहुने बताउनु भएको छ । केही समय माग गरेर, चुनाव पछि राष्टिय सहमति गरेर मात्र यसको प्रकृया टुङ्याउने उहांले बताउनु भयो ।
प्रेस सेन्टर नेपाल, बागलुङले पार्टि कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले आगामी चुनावसम्म गठबन्धन रहने र गठबन्धनले नै चुनाव गराउने बताउनु भयो । उहांले आगामी जेठमा स्थानिय तहको चुनाव गराउने तर्फ सरकारले गृहकार्य गरिरहेको पनि बताउनु भयो ।


शिक्षामा निरन्तर सुधारका लागी आफु सदा प्रयत्नशिल रहेको बताउदै ५५ बुदे सुधारका निति अनुसार कार्य गरिरहेको बताउनु भयो । १८ हजार शिक्षकको आवश्यकता अनुसार दरबन्दि मिलानको काम अगाडी बढेको जानकारी दिनु भयो । देशभरका विद्यालयहरुको नक्शाङ्कन भैरहेको, देशका सबै ७५३ पालिकाहरुमा नमुना विद्यालय स्थापना, सातै प्रदेशमा मेडिकल कलेज स्थापनामा गृह कार्य भैरहेको पनि उहांले बताउनु भयो । एक प्रश्नको उत्तरमा धौलागिरीमा पनि मेडिकल कलेजको अध्ययनका लागी एउटा टोली आउन लागेको बताउनु भयो ।


जमलमा आधुनिक डिजिटल पुस्तकाल र शिक्षक तथा शिक्षकहरुको परिवारलाई ध्यानमा राखेर ७ सय शैयाको अस्पताल चितवनमा स्थापनाका लागी १० विघा जग्गामा प्रकृया अगाडी बढाइएको पनि मन्त्रि पौडेलले बताउनु भयो ।
बागलुङ जिल्लाको विकास निर्माणमा आफु लागि रहेको बताउदै मन्त्रि पौडेलले गब बर्षका योजना कार्यान्वयन, बजेटको रकमान्तर तथा आगामी बर्षको योजना र बजेटका बिषयमा कार्यालय प्रमुखहरुसंग छलफल गरिरहेको जानकारी दिनु भयो । उहांले १२ देखि १८ बर्ष उमेरका विद्यार्थिहरुले खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको र ५ देखि १२ बर्ष उमेरका विद्यार्थिहरुका लागि पनि छलफल भैरहेको बताउनु भयो ।