शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नु पर्ने योजनाको नाम

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग्नु भएको छ । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थपगर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,मन्त्रीले भन्नुभयो, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”
तोकिएकै समयमा चुनाव हुने भएकाले फागुन भरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्नप्रमुखहरुलाई निर्देशनदिनुभयो ।
“स्थानीयतहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्रीपौडेलले भन्नुभयो, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।”
गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमनगरी कार्य अघि बढाउन निर्देशन दिनुभयो । जिल्लामा झलुङ्गे पुलको समस्या समाधानहुँदै गएकाले नयाँबनाउनुपर्ने ठाउँको अध्ययनगर्न सम्बन्धितकार्यालय प्रमुखलाई निर्देशनदिनुभयो ।
आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रहगर्नुभयो । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्नेलिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशनदिनुभयो । बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यकप्रक्रिया जुटाउने कामभइरहेको बताउनुभयो ।
“बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्रीपौडेलले भन्नुभयो, “त्यसकालागि स्वास्थ्यकार्यालयले आवश्यक समन्वयगरिदिनपर्यो ।”
बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँगजोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्कालजाने योजना रहेको सुनाउनुभयो ।
प्रमुखजिल्लाअधिकारी रमेश ढकाललेशान्ति सुरक्षा जिल्ला मासामान्य नै रहेको बताउनुभयो । लागू औषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमनगर्ने काम भइरहेको उहाँले सुनाउनुभयो । ढाकलले सीसीएमसीसीको निर्णय अनुसार माघमसान्तसम्म विद्यालय बैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिएको पनि बताउनुभयो ।
कोभिडका कारण एक जनामात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्पोचार गरिरहेकाले जिल्लामाकोभिडको संक्रमण कमहुँदै गएको उहाँको भनाइ छ ।
मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रे लागिकामभइरहेको जानकारी दिनुभयो ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगतिविवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका िथए ।