आज सरस्वती पूजा, शुरु भयो हाम्रो पाइला

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


आजको युग भनेको सूचना संचार र प्रविधिको हो । सूचना, संचार र प्रविधिको पहुचमा नभएको मानिस सभ्य, सक्रिय, सुुसंस्कृत र शिक्षित हुन सक्दैन । हामी पनि आधुनिक उच्चतम प्रविधिको प्रयोग गर्दै आमनागरिक समक्ष सूचना र संचार पुयाउनका लागि खोजपूर्ण समाचारमुलक विद्युतीय खबर पत्रिका ‘कालिका दर्शन’ लिएर तपाईहरु समक्ष आएका छौं ।

कालिका दर्शनले यस यस क्षेत्रका पर्यटकीय गन्तब्यहरुको ब्यापक प्रचार प्रसार गरी पर्यटन गद्योगलाई टेवा पुयाउने उद्धेश्य रहेको छ । यस क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकिय क्षेत्रहरुको परिचय सहित यहांका बस्तुस्थितिको पहिचान गराउने उद्धेश्य लिएका छौं । त्यसैगरी यस यस क्षेत्रको परम्परागत कला, संस्कृति, शिप तथा क्षमतालाई हामी पस्किने छौं ।

जसको कारण परम्परागत शिप, ज्ञान, कलालाई व्यवसायीकरण र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास हामीलाई छ । साथै स्थानीय उत्पादनमा यस क्षेत्रको मानवश्रम भरपुर उपयोग गर्न सहयोग पुग्ने छ । हामी हाम्रो संचार माध्ययम मार्फत कृषि व्यवसायलाई आधुनिकीरण, व्यवसायिकरण र कृषि पर्यटन मार्फत सरोकारवालाहरुलाई सहयोग गर्ने छौं ।

कालिका दर्शन मार्फत युवा तथा खेलकुद क्षेत्रको विकासलाई पनि उचित स्थान दिने नै छौं । युवा, महिला तथा खेलकुद क्षेत्रका विकृति, विसंगतिलाई उजागर गरी सम्भावना, अवसर र बिकासको पथमा लैजान धेरै मेहनत गर्ने छौं ।
नेपालमा पछिल्लो समय स्थापना भएका धेरै अनलाइन संचार माध्ययमहरुका विचमा पनि छुट्टै पहिचान बनाएर तपाईहरु समक्ष सदा आउने प्रयास गर्नेछौं ।

आजको पत्रकारितामा राजनीतिले मात्र उच्च स्थान पाउने र अन्य क्षेत्र ओझेल पर्ने गरेको छ । राजनीतिमा समसामयिक चासोको बिषयलाई हामी अवश्य समेट्ने छौं । प्रत्येक बिषयबस्तुलाई राजनीतिकरण गरी जनतालाई भ्रममा पार्ने र नाराबाजी पत्रकारिताबाट हामी टाडा रहने प्रयास गर्नेछौं ।

हाम्रो पत्रकारिताको यात्रामा हामी सधैं हाम्रो देशको राष्टियता र सार्बभौम प्रति सधै चनाखो भै राष्टघाती र सार्बभौमसक्तामा असर पर्ने सवालमा खबरदारी गर्ने छौं । सूचना र संचारमा विद्युतीय संचार माध्ययमले निकै प्रभाव पारेको छ । जसले समय अनुसार आधुनिक प्रविधिलाई बेवास्था गरेर आजको संचार क्षेत्र अगाडी बढ्न सक्दैन । र सफल हुन पनि गारो छ । त्यसका लागी हामी पत्रकारितामा सूचना तथा संचार प्रविधिको अत्याधिक र सचेत रुपमा प्रयोग गर्ने छौं । त्यसको लागी हाम्रो अनलाईन विद्युतिय पत्रकारितामा निकट भविष्यमा सुन्न र हेर्न (अडियो भिडियो) मार्फत स्थान दिने छौं । आम दर्शक, पठक तथा श्रोताहरुले यसबाट भरपूर ज्ञान, मनोरन्जन र आनन्द लिनेमा हामी पूर्ण विश्वास दिलाउन चाहान्छौं ।

हाम्रो संचार माध्यममा विगत देखि विभिन्न संचार क्षेत्रमा सफलतापूर्वक काम गर्नु भएका सामाजिक क्षेत्रमा संलग्न ब्यक्तिहरु भएकाले कालिका दर्शनले आमनागरिकहरुको मन जित्न सक्नेमा हामी विश्वस्त छौं । साथै संचार क्षेत्र तथा समाजका लागी केही गरौं भन्ने युुवाहरु पनि हाम्रो टिममा संलग्न रहनु भएको छ । हाम्रो टिम र प्रयासहरुलाई तपाईहरुले सकारात्मक सल्लाह, सुझाव, सहयोग गर्नु हुनेछ भन्ने लागेको छ ।

साथै सूचना संचारको पहुच आम नागरिक माझमा पुयाउनका लागि पाठक, दर्शक, श्रोताको साथै विज्ञापनदाताहरुको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहनेछ । विज्ञापन दाताहरुको सहयोग बिना हामी आगाडी बढ्न सक्दैनौ । त्यसले यहांहरुको महत्वपूर्ण सल्लाह सहित आफ्नो व्यापार व्यवसायलाई प्रबद्र्धन गर्न अनुरोध गर्दछौं । विज्ञापनदाताहरुको व्यापार व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न हाम्रो संचार माध्यम निकै महत्वपूर्ण हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।

अन्तमा आज सरस्वती पुजा, बसन्त पञ्चमी । कालिढोर मल्टि प्रपोज प्रालिद्धारा ‘कालिका दर्शन डट कम’ औपचारिक रुपमा संचालनमा ल्याएका छौं । यहांहरुबाट महत्वपूर्ण माया र सदभावको अपेक्षा सहित स्वस्थ र सिर्जनशिल आलोचनाको अपेक्षा गर्दछौ ।