स्थानीय निर्वाचन बैशाख ३० मा गरिने

-


     कालिका दर्शन     
     माघ २४ गते २०७८ मा प्रकाशित


मन्त्रिपरिषदको सोमबार बसेको बैठकले २०७९ बैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार गृह जिल्ला बागलुङ आउनु भएका नेकपा माओबादीका नेता एवं शिक्षा मन्त्री देवेन्द्र पौडेलले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले स्थानिय निर्वाचनको मिति तोक्ने बताउनु भएको थियो । निर्वाचन एक चरणमा हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । आयोगसंगको समन्वयमा नै सरकारले मिति तोकेको बताइएको छ ।