मानव सेवा आश्रमका लागी आवश्यक उद्धार बहान हस्तान्तरणका लागी एक विशेष आर्थिक संकलन अभियान थालनी गरिएको छ । यो अभियान सफल पार्नका लागी हेमकान्त सेडाई (बेलायत) संयोजक तथा सोम सापकोटा सदस्य-सचिव सहित २४ सदस्यीय समिति गठन गरिएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी संरक्षक रहनु भएको छ भने ९ विशिष्ठ व्यक्तित्वहरु सल्लाहकार हुुनुहुन्छ ।
आश्रमको सेवा प्रवाहलाई व्यवस्थित प्रभावकारी बनाउन खास गरी उद्धार, उपचार, पारिवारीक पुर्नमिलन तथा आश्रमको आवश्यक दिनदैनिकी सेवाको लागि यो अभियान संचालन गर्नु परेको अभियानका सदस्य-सचिव सोम सापकोटा बताउनु हुन्छ । बढीमा १ बर्ष भित्रमा ३० -३५ लाख संकलन गरी डबल पिक अप गाडी हस्तान्तरण गरिने सापकोटा बताउनु हुन्छ । सहयोगी दाताहरुको नामावली सबैले देख्ने गरी गाडीमै सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाइने छ । मानवीय सेवाको यो अभियानमा देशविदेशमा रहनु भएका मानवताप्रेमी मनहरुलाई सहयोगका लागी उहांले विशेष अनुरोध गर्नु भएको छ ।
२०८२ सालभित्रमा नेपालको सडकपेटी एवं सार्बजनिक स्थलहरुमा कसैले पनि भोकै,नाङ्गै,बेसहारा,असहाय,अशक्त भई खुला आकाशमुनी कष्टकर जीवन बिताउन नपर्ने अवस्था निर्माणमा मानव सेवा आश्रम जुटेको छ । देशका ७७ जिल्लाहरुमा सेवा प्रवाह गरिरहेको आश्रमले हाल २३ शाखाहरु स्थापना गरी संचालन गरिरहेको छ ।