रात्रिकालिन सडक सेवाबाट वेसहाराहरु उद्धार गर्दै मानव सेवा आश्रम

-


     कालिका दर्शन     
     माघ २४ गते २०७८ मा प्रकाशित


मानव सेवा आश्रम, बागलुङको रात्रिकालिन सडक सेवाबाट शनिवार २ जनाको उद्धार गरिएको छ । बानपा ३ स्थित चिप्लेटी बसपार्क नजिक अन्दाजी ३५- ४० बर्षकी एक महिला तथा मालढुङ्गामा झुप्रो बनाई बसेका अन्दाजी २८- ३० बर्षका पुरुष रहेका छन । सडकमा बस्ने केहीलाई सम्झाई बुझाई गरिएको मानव सेवा आश्रम, बागलुङ संयोजक सुमिरा लामाले जानकारी दिनु भयो । हाल मानव सेवा आश्रम, बागलुङमा ५० जना आश्रित रहनु भएको छ ।


मानव सेवा आश्रमले प्रत्येक शनिवार सडक सेवा अभियान चलाउने र सो क्रममा सडकमा देखिएका बेसहाराहरुलाई उद्धार गर्ने गर्दछ । यो कार्यक्रम देशका सवै आश्रमहरुको नियमित कार्यक्रम हो । शनिवार बागलुङ देखि पोखरासम्म रात्रिकालिन सडक सेवा संचालनको क्रममा जिल्ला प्रहरी कार्यालय,बागलुङका प्रमुख कृष्ण बहादुर पल्लिमगर, आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ मानवसेवा, बानपा ३ का अध्यक्ष लक्ष्मी बास्कोटा लगायत यस क्षेत्रमा सहभागी हुनुहुन्थ्यो ।


सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवं कार्यन्वयन मानवव सेवा आश्रमले देशव्यापी रुपमा अभियान संचालन गरेको छ । हाल देशका २३ जिल्लामा आश्रम रहेका छन ।