
धौलागिरी बहुमुखी क्याम्पसको ५९ औं बार्षिकोत्सव आइतबार एक समारोह आयोजना गरी मनाइएको छ । सो अवसरमा क्याम्पसमा उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारी तथा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थिहरुलाई पुरस्कार बितरण गरिएको थियो ।
बार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कार्य सम्पादनको आधारमा विविए को-अर्डनेटर उप-प्रध्यापक विप्लप शर्मालाई सम्मान गरिएको थियो । यसै गरी उत्कृष्ठ कार्य सम्पादनका आधारमा मुख्य कार्यालय सहायक शिवराज पन्त सम्मानित हुनु भएको छ । जेष्ठताका आधारमा शिक्षण सहायक प्रमिला राजभण्डारी तथा कार्यालय सहयोगी विन्दु शर्मालाई सम्मान गरिएको थियो । साथै खण्डगत तथा तह गत रुपमा उत्कृष्ठ अंक प्राप्त गर्ने ३६ जना विद्यार्थिहरुलाई पुरस्कृत गरिएको विद्यार्थि कल्याण विभाग प्रमुख कमल शर्माले जानकारी दिनु भयो ।


