गायीका फुलमाया केसिलाई छोडेर गायक रेशम निर्दोश टाढा भएपछि

-


     कालिका दर्शन     
     माघ २५ गते २०७८ मा प्रकाशित


केपि कुमार जलनर /बागलुङ
परिस्थितिले मायालुसँग सम्बन्ध छुटिएनी आँखाको आँसुबाट माया नपोखियोस भन्ने चाहना जो कुनै सच्चा प्रेमीमा पक्कै हुन्छ । यस्तै भाव समेटिएको गीत टाढा भएको बजारमा आएको छ , जुन गितलाई गायका फुलमाया केसीले बजारमा ल्याएकी छिन ।

माया छुटेपनि संसार हेरी चित्त बुझाउनुपर्ने , रोजेको र खोजेको सहजै प्राप्ति हुन नसकेको भाव,समाजमा व्याप्त पुरानो सोच , माया गर्ने हरु प्रति हेरिने नकारात्मक सोच लाई गीतले यसरी भाव पोखेको छ , सुनकै अभाब भए झै खानीमा,उनकै अभाब यो जिन्दागानीमा ,टाढा भएको,दुई मुटु छुटेर टाढा भएको अझै नि तिम्रै याद छैन गएको बास्तबमा प्रेमले सार्थकता पाउन नसकेपनि माया मन र मुटुमा रहेको कुरा यो गितले युवा जोडिको प्रेम सम्बन्धलाई उतारेको छ ,

पछिल्लो पुस्ताका चर्चित गायक रेशम निर्दोश र गायिका फुलमाया केसीको आबज सुरज लामिछानेको शब्द संगित ,मोडल ईश्वर बाबू र आयुष्मा कार्किको उत्कृष्ट अभिनय रहेको गितको भिडियोको निर्देशन देबेन्द्र कुवर ,छाँयाङकन राज पोख्रेल र सम्पादन ईश्वर बाबुले गरेका छन , भिडियो फुलमाया केसि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ