मलेपती र बोहोराको स्मृतिमा श्राद्धान्जली कार्यक्रम

-


     कालिका दर्शन     
     माघ २६ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङको जिल्ला समन्वय समिति सदस्य एवं बागलुङ नगर समिति उपाध्यक्ष रतन मलेपती, वडा समिति सल्लाहकार इश्वर मलेपती, पार्टी सदस्य रन्जीत मलेपती, दिवाकर मलेपती तथा शुभेच्छुक नारायण प्रसाद मलेपतीका बुवा लाल प्रसाद मलेपतीको स्मृतिमा मंगलबार मलेपति निवासमा श्रद्धान्जली कार्यक्रम संचालन गरिएको छ ।
पार्टिका जिल्ला संयोजक अनिल सहित प्रदेश समिति सदस्यहरु , जिल्ला समन्वय सदस्यहरु, नगर समितिका पदाधिकारी सदस्य एवं पार्टिका सदस्यहरु सो अवसरमा सहभागी हुनुहुन्थ्यो । लालप्रसाद मलेपतिको माघ १८ गते ९० बर्षको उमेरमा निधन भएको थियो ।
यसै गरी पाार्टिका पूर्व जिल्ला सदस्य बुद्ध बोहोराको नवौं पुन्यतिथीको अवसरमा पार्टिको नगर समितिले बोहोरा निवासमा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नगर अध्यक्ष इन्द्र केसीले स्व बोहोराले बिगतमा पार्टिलाई पुयाउनु भएको योगदानको चर्चा गदै परिवारमा समवेदना व्यक्त गर्नु भयो । पार्टिका प्रदेश सदस्यहरु, जिल्ला तथा नगरका पदाधिकारीहरु सो अवसरमा सहभागी हुनुहुन्थ्यो । बोहोराको ४४ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।