गोबिन्द अनेक र बिन्दु सुनारको मुलको पानी धारो तिरतिरे

-


     कालिका दर्शन     
     माघ २६ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन,बागलुङ
बरिष्ठ संगितकार बिबि अनुरागीको संगित संयोजनमा रहेको मुलको पानी धारो तिरतिरे भर्खर मात्र बजारमा सार्वजानिक भएको छ । गित संगितमा लागेर राम्रो संम्भावना बोकेका प्रभिभालाई पनि स्थान दिने महान उद्वेश्यका साथ संगितकार अनुरागीले नबप्रतिभा गोबिन्द अनेक र गित संगितमा संघर्ष गर्दे गरेकि बिन्दु सुनारलाई यो अबसर प्रदान गर्नु भएको थियो ,माया प्रेमको अन्तरभाब लाई टपक्क टिप्दै एकोहोरो प्रेमको जालमा फसेर अझै उनै मायालुलाई पाउने आसमा मरिहत्ते गरेको कुरा यस गितमा ब्याक्त गरिएको छ,

संगितकार अनुरागीको शब्द संगित संयोजन रहेको यो मिठो गितमा गायिका बिन्दु सुनार र गोबिन्द अनेकको आबज रहेको छ , प्रिज्म स्टुडियो मा छाँयाङकन गरिएको गितको भिडियोमा उत्साह घिमिरे,दिपेन थापा,यान प्रसाद न्यौपाने,श्रेया सुनार,धना सुनार,रिजन सुनार, सुनिता रसाईली लगायतका अन्य कलाकारहरूलाई समेत देख्न सकिन्छ , म्युजिक भिडियो बिबि अनुरागि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।