भूमि आयोग र बागलुङका ४ पालिकाविच सम्झैता

-


     कालिका दर्शन     
     माघ २६ गते २०७८ मा प्रकाशित


राष्टिय भूमि आयोगसंग बागलुङका ४ पालिकाबिच मंगलबार सम्झैता भएको छ । आयोगसंग सम्झैता गर्ने पालिकाहरुमा बागलुङ, जैमिनि, ढोरपाटन नगरपालिका तथा तमानखोला गाउंपालिका रहेका छन । राष्टिय भूमि आयोगले यस अघि बागलुङ नगरपालिकालाई सम्झैताका लागी पत्र पठाएकोमा बागलुङ नगरपालिकाले पत्र नपाएको भनी सम्झैता गरेको थिएन ।
भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रकृया अघि बढाएको आयोगले पहिलो चरणमा ९१ पालिकालाई सम्झैताका लागि पत्राचार गरेकोमा ६८ पालिकाले सम्झैता गरेको र ति पालिकाहरुले अहिले धमाधम काम गरिरहेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताउनु भयो ।
यसै विच राष्टिय भूमि आयोगका उपाध्यक्ष खड्काका अनुसार अव आयोगसंग सम्झैता हुन बाकी पालिकाहरुसंग एकै साथ छिटै सम्झैता गरिने छ ।