अर्थ मन्त्री बरालद्धारा पर्बतको बनौंमा बौद्ध बिहारको सिलन्यास

-


     कालिका दर्शन     
     माघ २७ गते २०७८ मा प्रकाशित


जलजला गाउपालिका वार्ड नं.९ स्थित बनौंमा बौद्ध बिहार बन्ने भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले बिहीबार एक समारोहका विच सो बिहारको सिलन्यास गर्नु भएको छ । करिब १ करोडको लागतमा बन्न लागेको बिहारका लागि प्रदेश सरकारले ५ लाख उपलब्ध गराएको छ । बाकी रकम सरकार तथा स्थानीय समुदायहरुको सहभागितामा पुरा गरिने स्थानिय सोम जिशीले जानकारी दिनु भयो । बनौंमा अधिकांश बौद्ध मार्गिहरुको बसोबास रहेको छ ।


सिलन्यास समारोहमा अर्थ मन्त्री बरालले बिहारका लागि थप बजेटका लागि पहल गरिने बताउनु भयो । सो अवसरमा मन्त्रि बरालले जलजला गाउंपालिकामा भएका विकास निर्माण योजनाहरुको जानकारी लिनुहुदै अवलोकन गर्नु भएको थियो ।