नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयता क्रममा दुई स्थान माथि उक्लिन सफल भएको छ ।
फिफाले बिहीबार सार्वजानिक गरेको नयाँ वरीयता अनुसार नेपाल दुई स्थान माथि उक्लन सफल भएको हो । नेपाल हाल १ सय ६७ औं स्थानमा उक्लेको छ । नेपालको वरीयता १ सय ६९ रहेको थियो ।
नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेलका आधारमा नेपालले दुई स्थान सुधार गरेको हो । नेपालले मोरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा १–० गोलको जित निकालेको थियो ।
फिफा वरीयताको शीर्ष वरीयतामा बेल्जियम यथावत छ । ब्राजिल दोस्रो स्थानमा छ भने फ्रान्स तेस्रो स्थानमा हुँदा अर्जेन्टिना चौथो स्थानमा छ । दक्षिण एसियाली देशहरुमा बलियो मानिएको भारत १ सय ४ औं स्थानमा रहेको छ ।