रोजगारीमा संलग्न हुन गल्कोट नगरपालिकाको सूचना

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


गल्कोट नगरपालिकाले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन आह्वान गरेको छ । नगरपालिकाले १८ बर्ष देखि ५९ बर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरुले आगामी फाल्गुन ३० गते भित्रमा निवेदन बुझाउन सक्ने जनाएको छ ।
यसै गरी रिक्त रहेको नगर प्रहरी जवान पदमा पनि दरखास्त आह्वान गरेको छ । खुल्ला २ पदमा कम्तीमा १० कक्षा उत्तीर्ण १८ बर्ष पुरा भई २३ बर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने जनाइएको छ ।
हेर्नुहोस सूचना