काठेखोलाको भीमापोखरामा महाशिवरात्री मेलाको तयारी

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


पुष्पाञ्जली ग्रामीण विकास केन्द्र, काठेखोला- २ भीमापोखराले बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि महाशिवरात्रीको बिशेष अवसरमा विविध कार्यक्रमहरु सहित महाशिवरात्री मेला आयोजना गर्ने भएको छ ।
फाल्गुन १३ देखि १७ गतेसम्म संचालनव हुने सो मेलामा साविक वडा स्तरिय भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता संचालन हुने छ । यसै गरी फाल्गुन १४ गते पर्यटन प्रबद्र्धनका लागि पञ्चकोट दारेगौडा हुदै बेलढुङ्सम्म पदयात्रा गर्ने कार्यक्रम रहेको आयोजक सस्थाका सल्लाहकार प्रेम केसीले जानकारी दिनु भयो ।