गल्कोट नगरपालिकाको सुविधासम्पन्न प्रशासकिय भवनको शिलन्यास

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


गल्कोट नगरपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । शनिवार नगर प्रमुख भरत शर्मा गैरेले एक समारोहका विच सो भवनको शिलन्यास गर्नु भयो । गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा भवनको शिलन्यास गर्दै नगरप्रमुख गैरेले नगरपालिकाले जग्गा व्यवस्थापन गर्नु आफैमा चुनौतीपुर्ण भएपनि सबैको सहमतिको आधारमा जग्गा व्यवस्थापन गरि भवनको शिलन्यास गरिएको बताउनभयो । 

गलकोट नगरपालिकाको प्रशासनिक भवन साढे ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको प्रशासकिय भवनको धार्मिक विधि अुनसार पुजापाठ गरि शिलन्यास गरिएको थियो । ५ तलाको सो भवनको कूल स्टीमेट करिब २७ करोड रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनु भयो । सो भवन निर्माणका लागि टेण्डरको तयारी भैरहेको जनाइएको छ ।