गाउँपालिकाको केन्द्रसँग जोडियो अर्नाकोट

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


बागलुङको निसीखोला गाउँपालिकाको जुग्जाखोलादेखि अर्नाकोट देउराली सिधा सडक संजालले जोडिएको छ ।
गाउँपालिकाको लगानीमा गाउँपालिकाको केन्द्र जुग्जाखोलादेखि पर्यटकीय क्षेत्र अर्नाकोट देउराली सिधा सडक संजालले जोडिएको हो । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ को अर्नाकोट देउरालीमा पहिलो पटक सडक पुगेपछि स्थानीय हर्षित भएका छन् ।
गाउँपालिकाको केन्द्रदेखि भौगोलिक रुपले टाढा रहेको अर्नाकोटमा सडक सञ्जाल जोडिएपछि स्थानीय गाउँपालिकासम्म मोटर चढेर आधा घण्टामा पुग्न सक्ने भएका छन् । यसभन्दा पहिले अर्नाकोट देउरालीका स्थानीय ढोरपाटन नगरपालिकाको वडा नम्बर २ खल्वाङ, अर्नाकोट, तारीखेत हुँदै पालिका पुग्नु पर्ने बाध्यता थियो ।
पालिकाको गत वर्ष र यस वर्षको बजेटबाट अर्नाकोट देउरालीसम्म सिधा सडक सञ्जाल जोडिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो । निसीखोला गाउँपालिकाले गत वर्ष बजेट अभावका कारण बिचैमा रोकिएको सडक निर्माण यस वर्ष १३ लाख बजेट विनियोजन गरेर अर्नाकोट देउरालीसम्म सडक पु¥याएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।
पर्यटकीय हिसाबले संभावना बोकेको क्षेत्र अर्नाकोट देउराली विकासका पूर्वाधारले पछि परेको थियो । अब क्रमश स्वास्थ्य, शिक्षा, यातायात लगाएतका विकासले गति लिँदै गएको छ । पालिकाले सडक सञ्जाल जोडेपछि नागरीकलाई समेत सहजता हुने अध्यक्ष पौडेलले बताउनुभयो ।