जनयुद्ध दिवसको दिन फागुन १ गते ताराखोलामा विदा

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


ताराखोला गाउंपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ । गाउंपालिकाको मिति २०७८ माघ २५ मा बसेको कार्यपालिका बैठकको निर्णय अनुसार विदा दिने निर्णय गरिएको सुचना प्रकाशन गरिएको छ । सो अवसरमा गाउंपालिका अन्तर्गतका सबै वडा कार्यालय,स्वास्थ्य सस्था, विद्यालय एवं गाउंपालिका अन्तर्गतका सरकारी कार्यालयहरुमा समेत विदा दिने सूचनामा उल्लेख गरिएको छ ।