जनयुद्ध दिवस, बागलुङमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदै

-


     कालिका दर्शन     
     माघ २९ गते २०७८ मा प्रकाशित


२०५२ साल फागुन १ गते तत्कालिन बिद्रोही दल नेकपा माओबादीले संविधान सभाबाट संविधान, गणतन्त्र र जनवादी ब्यवस्थाका लागि शसस्त्र बिद्रोहको शुरुवात गरेको थियो । रुकुम, रोल्पा, गोरखा, सिन्धुली आदी जिल्लाका प्रहरी चौकीमा आक्रमण गरेर सो पार्टीले शसस्त्र बिद्रोहको शुरुवात गरेको थियो ।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झैता गरेपछि युद्ध अन्त गरि नेकपा माओबादी शान्ति प्रक्रियामा समावेश भएको थियो । शसस्त्र विद्रोह शुरु गरेको दिन फागुन १ गतेलाई माओबादीले जनयद्ध दिवसको रुपमा मनाउने गरेको छ । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो ।यस्तै, कयौं बेपत्ता भएक थिए भने हजारौ अपाङ्ग भएका थिए
देशव्यापी रुपमा जनयुद्ध दिवस मनाउनका लागि केन्द्रले जिल्ला तथा नगर समितिहरुलाई सर्कुलर जारी गरेको छ । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङले फागुन १ गते कार्यालयमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरी एक विशेष कार्यक्रम आयोजना गर्ने भएको जिल्ला संयोजक ज्ञामनाथ गैरेले जानकारी दिनु भयो । उहांले बागलुङका १० ओटै पालिका समितिहरुले बिविध कार्यक्रम सहित २७ औं जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिनु भयो । यसै गरी आइतबार माओबादी निकट नेपाल उद्योग व्यापार संगठनले अपरान्ह चिया पान सहित शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनु भयो ।
यसै गरी बागलुङमा माओबादीको उद्गम स्थल भनी चर्चा कमाएको ताराखोला गाउंपालिकाले फागुन १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । ताराखोलामा फागनु १ गते वडा पार्टी कार्यालयहरु स्थापना, कार्यालयहरुको शिलन्यास तथा सांझ दिवावली गरी जनयुद्ध दिवस मनाइने गाउं समितिका अध्यक्ष दिवस खत्रीले जानकारी दिनु भयो । जैमिनी नगर समितिले अविरजात्रा, चियापान, चकलेट वितरण सहित सांझ दिपावली गरी जनयुद्ध दिवस मनाउन लागेको अध्यक्ष झमन पाण्डेले जानकारी दिनु भयो