बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएको छ ।
भान्सा सेवा समाज भान्सा तथा मालिका मावि पुर्व विद्यार्थी मञ्चको सक्रियतामा शनिवार कार्यक्रम भएको हो । सो अवसरमा गौशाला परिसरमा बनमारा झाडि सफाई गरिएको हो ।
झाडि सफाई पश्चात यहाँ रहेका गाईलाई घाँस तथा चरणमा सहजता हुने भएकाले यस कार्यमा जोडिने सम्पुर्णमा स्वामी कमलनयनाचार्यले सादुवाद प्रकट गर्नुभएको थियो । पछिल्लो समय बिकराल समस्याका रुपमा फैलियको बनमाराले पुरै छोप्दा घाँस पातमा समस्या भयकोमा यस सफाइ कार्यले राहात हुने बिस्वास प्रकट गर्दै यो कार्यलाइ निरन्तरता दिन आग्रह गर्नु भयो। साथै सो अवसरमा स्वामी कमलनयनाचार्यले आगामी फागुन ७ गते पञ्चकोटमा सम्पुर्ण संस्थापकहरुको वृहत बैठक रहेको जानकारी समेत दिनुभएको छ ।
सो कार्यमा सहभागी बा न पा १३ का वडाध्यक्ष नारायण पौडेलले यो कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको ब्यक्त गर्दै यसको निरन्तरतामा जोड दिनु भयो ।त्यस्तै मालिका पुर्ब बिद्यार्थि मञ्च का अध्यक्ष जीवन नाथ शर्माले यो कार्यमा सहभागी सबैलाइ धन्यवाद दिदै बनमारा र काडा लगायत झाडी सफाइ कार्यलाइ अभियान का रुपमा अगाडि लानुपर्ने सो कार्य का लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो भने शैक्षिक ब्याक्तित्व महेश चन्द्र प्रधानले यो अभियानमा सहभागी हुन पायकोमा खुशी ब्यक्त गर्नु भयो।
भान्सा सेवा समाजका सालिकराम सापकोटा,धौलागिरी बहुमुखी क्याम्पसका स्वबियु सचिब बिष्णु पौडेल बाग्लुङ चेम्बर अफ कमर्स का सचिब तेज बहादुर कुवर, मालिका पुर्ब बिद्यार्थि मञ्च का कोषाध्यक्ष बलराम सपकोटा ,सचिब गुरु प्रसाद सापकोटा लगायतले सफाइ अभियानमा जोडिनु भयो। लोपौन्मुख रैथाने गाइको संरक्षण गर्ने उद्देश्य ले सुरुवात गरियको यश गौशालामा हाल सात वटा दुहुना गाई सहित ब्याउने र बाच्छा बाच्छी गरि ३६ वटा रहेका छन । गाइको चरन र घासको सहजताका लागि करिब ६० जनाको उपस्थितिमा सफाइ कार्य गरियको मञ्च अध्यक्ष जिबन नाथ शर्मा ले बताउनु भयो।