
जिल्ला निर्वाचन कार्यालय बागलुङले संचालन गरेको मतादाता नामावली संकलन अभियानमा दुई लाख १ हजार बढि सहभागी भएका छन् ।
पालिका स्तर, निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गरि करिब दुई लाख एक हजार ६ जना मतदाता दर्ता भएको कार्यालयले जनाएको छ ।
सरकारले स्थानीय निर्वाचनका लागि आगामी वैशाख ३० गते मिति तोकेपछि निर्वाचन आयोगले मतदाता संकलनको काम रोकेको बागलुङमा करिब दुई लाख एक हजार ६ जना मतदाता दर्ता भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।
मतदाता नामावली दर्ताको बिषयमा भेरिफाई हुन बाँकी रहेको जानकारी दिदै उहाँले दुई लाख एक हजार बढि मतदाता आगामी स्थानीय निर्वाचनका लागि कायम रहने अनुमान गरिएको बताउनुभयो ।
कुल मतदातामध्ये एक लाख दुई हजार ६ सय ४३ जना महिला र ९८ हजार तीन सय ६३ जना पुरुष रहेको कार्यालयका प्रमुख ओमनाराण शर्माले जानकारी दिनुभयो । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंग निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम रोकेको र अब निर्वाचनका अन्य कामहरु अगाडि बढ्ने प्रमुख शर्माले बताउनुभयो ।