साझा चौतारी युवा उद्यमशील सहकारी संस्थाले विभिन्न कारणले निधन हुन पुगेका आफ्ना शेयर सदस्यहरुको स्मृतिमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ । कोविट, दैवि प्रकोप तथा अन्य कारणबाट निधन भएका सदस्यहरुको परिवारलाई राहत समेत उपलब्ध गराइएको छ ।
शनिवार आयोजित श्रद्धान्जली कार्यक्रममा ११ जनालाई राहत बितरण गरिएको अध्यक्ष मनोज थापा क्रान्तिले बताउनु भयो । थापाका अनुसार लक्ष्मी मैया विक, हरीलाल सुनार, बसुन्धरी कार्कि, चन्द्र बहादुर थापा मगर, देउमति घर्ति, टेक बहादुर थापा, बल बहादुर सार्कि, क्या खडक बहादुर खड्का, धन कुमारी घर्ति, सरु पुन, मिना शर्माको निधन भएको थियो ।
संस्थाको निर्णय अनुसार शेयर सदस्य स्वंयमको निधन भएमा नगद १० हजार तथा शेयर सदस्यको परिवारको निधन भएमा नगद ५ हजार राहत स्वरुप उपलब्ध गराइएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।
शेयर सदस्यको निधन भएमा निजहरुकै घर आगनमा गएर श्रद्धान्जली सहित राहत वितरण गर्ने सस्थाको नीति रहेको तर लकडाउन, कारोना लगायतका कारण उहांहरुको घरमा जान नसकिएकाले एकमुष्ठ ११ जनालाई श्रद्धान्जली सहित राहत बितरण गरिएको सह सचिव जिबन शर्माले जानकारी दिनु भयो । २०७५ सालमा स्थापना भएको सो सहकारीमा करिब ७ सय शेयर सदस्यहरु रहेका छन ।