बागलुङमा जनयुद्ध दिवस मनाइयो

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित


नेकपा माओवादी केन्द्रले २७ औ जनयुद्ध दिवस बागलुङमा पनि विविध कार्यक्रमको आयोजना मनाएको छ ।
२०५२ साल फागुन १ गते तत्कालिन बिद्रोही दल नेकपा माओबादीले संविधान सभाबाट संविधान, गणतन्त्र र जनवादी ब्यवस्थाका लागि शसस्त्र बिद्रोहको शुरुवात गरेको सम्झनामा बिभिन्न कार्यक्रम दिवस मनाएको हो ।
शसस्त्र विद्रोह शुरु गरेको दिन फागुन १ गतेलाई माओबादीले जनयद्ध दिवसको रुपमा मनाउदै आएको र देशव्यापी रुपमा जनयुद्ध दिवस मनाउनका लागि केन्द्रले जिल्ला तथा नगर समितिहरुलाई सर्कुलर जारी गरे अनुसार कार्यक्रम गरिएको माओवादीले केन्द्र बागलुङले जनाएको छ ।
नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङले कार्यालयमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण सहित विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाइएको जिल्ला संयोजक ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । जिल्लाका १० वटै स्थानिय तहमा बिभिन्न रचनात्ममक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

प्रदेश समिति सदस्य कुमार विक्रम क्षत्री, टिका विक, माधब प्रसाद शर्मा, चन्द्र बहादुर थापा, प्रदेश सल्लाहकार बद्री प्रसाद शर्मा, शहिद परिवार धनकाजी विक, बेपत्ता परिवार श्याम विक तथा होटल व्यवसायी अर्जुन चोखाल लगायतका नेताहरुले शुभ कामना व्यक्त गर्नु भयो ।

सो अवसरमा जनताको शक्तिलाई एकिकृत गरी जनयुद्ध मार्फत देशमा माओबादी पार्टीको एजेण्डा स्थापित गर्न नेतृत्व सफल भएको चर्चा गरियो । नेतृत्वको सहि कार्य दिशाले समाजमा रहेको विविध बिभेद र हिंसाको न्यूनिकरण भएको भए पनि देशी विदेशी तत्वले षडयन्त्र गरिरहेको पछिल्लो परिणाम एमसिसिबाट देखिएको बताइयो । जनयुद्धको उपलब्धि जोगाउन र शहिद, घाइते बेपत्ताको घर आगनमा नेताहरु पुगि रहनु पर्नेमा जोड दिइएको थियो ।
आइतबार माओबादी निकट नेपाल उद्योग व्यापार संगठनले अपरान्ह चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि दिवस मनाएको संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।