एकिकृत समाजबादी बागलुङद्धारा एमसिसिको बिरोध

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित


अमेरिकी सहयोग परियोजना (एमसिसि)को बिरुद्ध बागलुङमा बिरोध ¥याली गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा बाइक ¥याली गरिएको हो


नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट सुरु गरिएको मोटरसाइकल ¥याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले नेपालको कानुन नै नजर अन्दाज गरिने गरि आएको अमेरिकी सहयोग सम्झौता कसैलाई पनि स्विकार्य नरहेको बताउनुभयो । नेपालको स्वतन्त्रता र सार्बभौमिकतालाई ख्याल गर्दै केहि बुँदाहरु संसोधन भएमा मात्र नेपालका लागि स्विकार्य हुने अध्यक्ष थापाको भनाइ थियो ।


अमेरिकाले ५५ अर्बको अनुदान सहयोग नेपाललाई दिने र त्यसको सम्झौतामा रहेका बुँदाहरु बाझिएमा नेपालको कानुन निष्कृय रहने भनेपछि देशभर नै यसको बिरोध भइरहेको छ । कोणसभाको संचालन पार्टीका जिल्ला सचिव भरत पुरीले गर्नु भएको थियो ।