काग्रेस उप-सभापति गुरुङद्धार बागलुङमा क्षेत्रिय कार्यालय उद्घाटन

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसिलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको बताउनुभएको छ ।
आइतबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसिसि कार्यन्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्ने बताउनुभएको हो ।
दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको उल्लेख गर्दै गुरुङले चाहेर वा नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नु पर्ने बताउनुभयो ।


आफै प्रधानमन्त्री हुँदा अगाडि बढाएको योजनाको विषयमा भोटको राजनीतिका लागि प्रचण्डले यो कार्यान्वयन गर्न नहुने तर्क पेश गरेको गुरुङले दाबी गर्नुभयो । एमसिसिको विषयमा निर्णय गर्नुपूर्व अस्वीकार गर्ने श्रीलङ्का र एमसीसी कार्यान्वयन गरेको मंगोलियाको अध्ययन गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
आगामी वैशाखमा हुने स्थानीय निर्वाचनतर्फ संकेत गर्दै नेता गुरुङले पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध जाने जो कोहीलाई ठाउँको ठाउँ कारबाही गर्ने बताउनुभयो । निर्वाचन हारेपछि सबैले असहयोग गरेको भन्दै कारबाहीको सिफारिस हुने गरेका कारण पनि निर्दोषलाई कारबाही नहुने र दोषी सजायको भागीदार हुनेगरी निर्वाचनकै समयमा तत्काल कारबाही गर्ने परिपाटी अगाडि बढाउने उहाँको भनाई थियो ।
उनले पार्टीको जिम्मेवारीका लागि भएको आन्तरिक प्रतिस्पर्धामा जो जता भए पनि सबै काँग्रेस एकढिक्का भएर विपक्षी दलविरुद्ध निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनमा टिकट दिंदा योग्य सक्षम र न्यायपूर्ण तवरले उम्मेदवार बनाउन समेत जोड दिनुभएको छ ।