म्याग्दीको तातोपानी कुण्ड खुल्यो

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित



गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आइतबारदेखि खुला गरिएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ
बेनी नगरपालिका वडा नम्बर ४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
डिसिएमसी बैठकले कोरोनाको जोखिम कायमै रहेपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालनासहित खुला गर्ने निर्णय भएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । कोरोनाको जोखिम अझै नटरेको आवस्था रहेकाले सेवा सञ्चालन गरेपनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा उहाँको जोड थियो ।