कलाकारहरुको ‘‘भ्यालेन्टाइन्स् डे”

-


     कालिका दर्शन     
     फागुन २ गते २०७८ मा प्रकाशित


पश्चिमा देशहरूमा १४ फेब्रुअरीमा प्राचीन रोमका प्रेम पक्षधर पादरी भ्यालेन्टाइनको स्मरण गर्दै प्रणय दिवस र उत्सव मनाइन्छ । यस्तो माहोलमा रमाउनेहरूको सङ्ख्याले जितेकैले हुनुपर्छ, ‘भ्यालेन्टाइन डे’ मनाउनुलाई अब सांस्कृतिक अतिक्रमण वा आयातीत संस्कृति भन्न छाडिएको छ । यस पटकको प्रणय दिवसमा कालिका दर्शनले केही कलाक्षेत्रका व्यक्तित्वहरुको प्रेम, अनुभव र भनाई बाँड्ने जमर्को गरेको छ

जुना श्रीस मगर
प्रणय अर्थात प्राण ,, प्राण सग जोडिएको मन मुटु अनि माया,,, यो प्रणय दिबस लाइ मान्छेहरु आ आफ्नै तरिकाले परीभाषित गर्छ्न ,, हरेक उमेर समुह को मान्छेहरुको आ आफ्नो तर्क हुने गर्छ , तर म चाइ यहि दिन लाइ माया गर्ने हरुको दिन भन्दिन ,, प्रेमको परिभाषा लाइ मन देखि बुज्नु पर्यो अनि हरेक दिनलाइ प्रणय दिबस बनाउनु पर्यो

थानेश्वर गौतम
प्रेम भनेको नितान्त अन्तरमनको कुरा हो, प्रेम आत्मिक हुन्छ ।प्रेम देखाउन मिल्दैन महसुस मात्र गरिने विषय हो ।प्रेमलाई मैले प्रेम गरेको छु भनेर देखाईन्छ या प्रस्टाउन खोजिन्छ भने त्यहां प्राप्ति या भोगको अभिलाषा हुन सक्छ ।सत्प्रेमलाई प्रमाणीकरणको जरुरी हुँदैन ।प्रेम एउटा मनले अर्को मनको अत्यन्तै घनिष्ठतालाई प्रफुल्लित वनाउनु पर्छ ।प्रेमको कुनै सिमा हुनु हुँदैन किनकि सिमाले प्रेमको वास्तविकतालाई वाधक बनाउछ। बर्षमा एकचोटि आउने भ्यालेनटाईन्स डे मात्र कल्पना या संस्कार हो प्रेमलाई हरेक दिन गरेक पल उत्सब उत्साहको रुपमा लिईयो भने जीवन यसै आनन्दित हुनेछ ।वास्तविक प्रेमी हरुलाई भ्यालेन्टाईन्स डेको शुभकामना ।

लक्ष्मणश्री

२१ औं शताब्दीम भ्यालेन्टाइन डे यूवा यूवति विचमा ज्यादै फेमस हुँदै आएको छ्रमाया प्रेम कुनै मिति तोकेर हुने कुरा होइन हुनै पनि सक्दैन कहाँ कति बेला कुन मौसम कुन जात के वर्ण कुन भूगोल भन्ने कुरै हुदैन,बुझ्नुपर्ने कुरा हो।१ हरेको वर्ष फेब्रुअरीमा मनाइने यो दिवस आज अति विकृति तर्फ पनि ढलकिने गरेको आवश हुँदै छ्रकति पएलाई त थाहा पनि छैन होला भ्यालेन्टाइन डे को सुरुवात कहाँ बाट भयो भनेर र भ्यालेन्टाइन डे किन मनाइन्छ्र भन्ने कुरो ।

भ्यालेन्टाइन डे को इतिहास तेस्रो शताब्दीमा भ्यालेन्टाइन डे दिवसको नाम होइन कि कुनै एक व्यक्तिको नाम थियो यो नाम एक पादरी जस्लाई प्रास्टर भनिन्छ ्रजस्ले चर्च संचालन गर्ने गर्छ्र जुन रोम देशका थिए तेति बेला रोम देशमा क्लोडियस नामका राजाको शासन थियो यो कुरा तेस्रो शताब्दी तिरको हो त्यस राजाको इच्छा थियो शक्तिशाली शाशक हुने शक्तिशाली साम्राज्य बनाउनका लागि उसलाई ठुलो संख्यामा सेनाको आवश्यकता पर्ने भयो तर रोम देशमा जनता जो परिबारमा बस्थे जस्को श्रीमान श्रीमति छोरा छोरी थिय तिनीहरु सेनामा भर्ति हुन खोज्दैन्थे त्यस राजाले आफ्नो शक्ति बढाउनको लागि सेनाको संख्या बढाउन त्यस देशमा यस्तो कानुन लागु गरिदियोकि त्यस देशका कुनै पनि जनताले भविष्यमा विवाह गर्न पाउने छैन यदि विवाह गरेमा दण्ड सजाय हुने छ्र भन्ने कुराको घोषण गरि दिए अनि यूवाहरुलाई सेनामा भर्ति हुनको लागि आवान गरे राजाको त्यो नियम प्रति देशका जनताहरु रुष्ट थिए तर कसैले पनि राजाको विरुद्धमा जान बोल्न सकेनन यो कुरा राजाको निर्णय पादरी भ्यालेन्टाइन डे लाई पनि मन परेको थिएन

एक दिनक कुरा हो चर्चमा एक जोडी प्रेमी पादरी भ्यालेन्टाइन डे सङ्ग भने हाम्रो बिबाह गराइदिनु भनी अनुरोध गरे त्यस पादरीले ति जोडीको गुपचुप तरिकाले विवाह गराइदिए राजाको विरुद्धमा गएर त्यो कुरा गाइगुई राजाको कानमा पुगियो र पादरी भ्यालेन्टाइन डे लाई पक्राउ गरि मृत्यु दण्ड सजाय सुनाइयो पादरी भ्यालेन्टाइन डे लाई सबै जना जेलमा भेट्न जान्थे पादरी भ्यालेन्टाइन डे लाई मृत्यु दण्ड दिनु भन्दा अगाडि जेलमा कैद गरि राखिएको थियो सबैले पादरी भ्यालेन्टाइन डे भेट्न जादा गुलाबको फुल गिफ्टहरु लिएर भेट्न जान्थे

१४ फेब्रुअरीमा २६७ब्म्मा पादरी भ्यालेन्टाइन डे लाई फासी दि मारियो पादरी भ्यालेन्टाइन डे को मृत्यु पश्चात उनैको नाम बाट उनको सम्झना स्वरुप १४ फेब्रुअरी अर्थात प्रतेक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउने गरिन्छ्रपछिल्ला केही वर्ष विद्युतीय सञ्चार माध्यमहरुको विकाससँगै यो पश्चिमी पर्वले हाम्रो समाजमा पनि भित्रियो र आफ्नो उपस्थिति बलियो बनाउन थाल्योे । खास गरेर स्कूल कलेजका युवा युवती बीच ‘प्रेम दिवस’ को रुपमा भ्यालेन्टाइन डे ले स्थान लिइ छाडेयो । युवा युवतीहरु कुरा नबुझिकनै एक अर्कालाई फूल–कार्ड उपहार दिन लालाइत हुन्छन् ।

भ्यालेन्टाइन कार्डमा अंग्रेजीमा लेखेको हुन्छ, ‘उड यु बी माई भ्यालेन्टाइन’ । यसकोे मूल अर्थ हो, के तपाईं म सँग बिहे गर्नु हुन्छ रु तर युवाहरु त्यो कुरा न बुझि आफ्ना प्रेमी वा प्रेमीकालाई प्रेम प्रस्तावका रुपमा त्यहि भ्यालेन्टाइन कार्ड दिन्छन् । हाम्रै संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा मनाइने भ्यालेन्टाइन डेलाई नेपालमा यति महत्व दिनुको कुनै अर्थ र औचित्य छैन ।युरोप, अमेरिकी समाजमा भ्यालेन्टाइन डे मनायनुको मूख्य उद्येश्य लिव इन रिलेशनशिपको सट्टा विवाहलाई प्रोत्साहन दिनु हो । किनकी युरोप, अमेरिकी समाजमा साधारणतया विवाह गर्ने संस्कार नै छैन । तर हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ ।

आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने अनि विदेशी अर्थात पाश्चात्य संस्कृति, प्रभावलाई बुझ्दै नबुझी अँगाल्दै जाने तेति राम्रो नहोकी भन्ने लाग्छ यो रोक तोक त छैन रमनाउनेले मनएका छन नेपालमा एसियामा पनि मेरो विचारमा यो बैज्ञानिक छैन बुझेर गरेको राम्रो ्र धन्यवाद नमस्कार


पुस्कर विवेक थापा
बनेको जोडि कसैको नछुटोस छुट्ने जोडि कसैको नबनोस।  ‘‘भ्यालेन्टाइन्स् डे” बनेको जोडि कसैको नछुटोस छुट्ने जोडि कसैको नबनोस।  ‘‘भ्यालेन्टाइन्स् डे”


रेशम सापकोटा
मायाँ एकदिन गरेर मात्र जीवन चल्दैन । सधैभरिको लागि चाहिन्छ । अ।ज प्रणय दिवसका नाममा किशोरा अवस्थाका केटाकेटीहरु भेटघाट र छाडा रुपमा प्रस्तुत हुने दिनको रुपमा चिनिएको छ । प्रणय दिवसको नाममा यो गलत बुझाई हो । यसको वास्तविक अर्थ भनेको पातलिएको भेटघाट र पवित्र प्रेम हो ।


शितल शर्मा
खास मा यो हाम्रो संस्कृति नभइ विदेश मा बढ़ी आकर्षण को रुपमा रहेको दिन हो प्रेम शब्द आफै मा ओझीलो छ जुन भाव ले नै हरेक ब्यक्ति सुख र खुसी को अनुभूती गर्छ्न प्रेम भन्ने कुरा यही दिन मा प्रलय गरिने अरु बेला महत्व नै नहुने होईन तर हामी आधुनिकता तर्फ ढलकीदई गर्दा सबै को खुशीमा खुशी हुन सिकनु नै राम्रो हो यो बर्ष मेरो प्रेम दिवस अरु वर्ष भनदा अलि विशेष छ किन की भरखरै बिवाह बन्धनमा बाँधिएकी छू साथै सम्पूर्ण लाई प्रेम दिवस को शुभकामना व्यक्त गर्द्छु।


पूर्ण परियार
यो दिवस एक प्रेमिल दिवस हो ,यसले माया प्रेमको ईतिहास बोकेको छ ।तर यसको बुझाई अलि फरक किसिमले भैरहेको जस्तो लाग्छ ।यो खास गरिकन युवा पुस्ताहरु त्यसमा पनि टि एजहरुले बढी मनाएको पाइन्छ ।हुन त माया र प्रेम बिना संसार रहनै पो सक्छ र कसरी १त्यसैले मेरो सन्दर्भम यो दिवस मनाएको अनुभव छैन ।प्रेम सदैव छंदैछ ।जे होस यसको सकारात्मक सन्देश रहोस सांसरिक माया प्रेमिल बन्न सकोस ।यो दिवसलाई पर्खिएर बसेका प्रेम जोडीहरुको सम्बन्ध अझै गहिरो र प्रगाढ बनोस ।शुभकामना १


राजेश बर्देवा
प्रेम गर्ने जोडिहरुका लागी सुनौलो दिनको रुपमा लिन सकिन्छ ,प्रेमील जोडिहरु यस विशेष दिनमा आफ्नो सम्बन्ध लाइ थप मजबुत बनाउन र सम्बन्ध लाइ थप प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्न सक्छ ।
स्कारात्मक रुपम लिनु उचित लाग्छ ,प्रेम गर्ने जोडिहरुका लागी सुनौलो दिनको रुपमा लिन सकिन्छ ,प्रेमील जोडिहरु यस विशेष दिनमा आफ्नो सम्बन्ध लाइ थप मजबुत र प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्न सक्छ ,प्रेमी प्रेमिका मात्र नभएर हरेक व्यक्ति सगका सम्बन्ध माथी पुनर्जागरण लिनमा यस दिनले विशेस भुमिका र अर्थ राख्न सक्छ ।

केपि कुमार जलन

बिश्वभरी नै यश दिबसलाई विशेष उत्सबको रूपमा लिने गरिन्छ खासगरी युवायुवतीहरुले एक अर्काबीचकोप्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ भने बिबाहित जोडिले आफ्नो प्रेमिल जोडिको तस्बिरलाई सामाजिक संजालमा पोष्टाउने गरिन्छ जसले श्रिमान श्रिमति बिचको माया प्रगाढ रहोस भनेर शुभकामन दिने गरिन्छ , विशेष गरि आजको दिन श्रिमान श्रीमती जोडि होस या प्रेम प्रेमिका होस केही गिफ्ट आकर्षक दियर पनि अझ बढि सम्बन्ध प्रगाढ गराउने चलन छ भने घुमफिर नया ठाउको भ्रमण गर्ने सोच प्रेम दिबसमा रहदै आयको छ