ताराखोलामा जेष्ठ नागरिकलाई न्यानो कपडा र टर्च लाइट बितरण

-


     कालिका दर्शन     
     फागुन २ गते २०७८ मा प्रकाशित


ताराखोला गाउंपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । ‘ सभ्य नागरिकको पहिचान, जेष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ८५ बर्ष माथिका नागरिकहरुलाई सम्मान गरिएको छ ।
ताराखोला गाउपालिका उपाध्यक्ष दिल कुमारी पुनका अनुसार पालिकाका सबै वार्डहरुमा पुगेर ८५ बर्ष माथिका नागरिकहरुलाई न्यानो फाइबार सिरक र टर्च लाइट बितरण गरिएको बताउनु भयो । उहांले सोमबार वार्ड नं. १ मा ९ जनालाई कार्यक्रम स्थलमा र बाकी ५ जनालाई घरमै पुगेर सम्मान सहित उक्त सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । ताराखोलामा ८५ बर्ष भन्दा माथिका करिब ८५ जेष्ठ नागरिकहरु रहनु भएको उपाध्यक्ष पुनले बताउनु भयो