मुस्ताङका तीन पालिकामा च्यांग्रा जोन

-


     कालिका दर्शन     
     फागुन २ गते २०७८ मा प्रकाशित


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङका तीन पालिकामा च्यांग्रा जोन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसका लागि परियोजना कार्यान्वयन ईकाई मुस्ताङले गत कार्तिकमा च्यांग्रा जोनमा सुचिकृत हुन प्रस्ताव गरेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ ।
मुस्ताङमा पशुपालन व्यवसायको प्रर्वद्धन गर्दै स्थानीय किसानको जीवनस्तर उकास्न चालु आर्थिक वर्षदेखि च्यांग्रा जोन कार्यक्रम सञ्चालनमा आएको परियोजनाका प्रमुख सुधिर थापाले जानकारी दिनुभयो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर, न्यानोल, छोन्हुप, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत खिंगा, झोङ, ताङ्वे, तेताङ, कागबेनी र धाकार्जुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, मराङ, घिलिङ र ताङग्या गाउँलाई च्यांग्रा जोन क्षेत्र तोकिएको थियो । च्यांग्रा जोन क्षत्रे निर्धारण भएका कुल ११ वटा समूह्सहकारीहरुलाई ५० लाख अनुदान दिईने परियोजना ईकाई प्रमुख थापाले बताउनुभयो ।
च्यांग्रा जोन कार्यक्रम अन्तर्गत मासु पसल सुधार कार्यक्रमका लागि २ वटा कोटा, खोर सुधार सहयोगमा ६ वटा, खसी बोका संकलन केन्द्र निर्माण तथा सुधारमा १ र स्थानीय तहको समन्वयमा पशु नश्ल श्रोत केन्द्र स्थापना सुदृढिकरणमा १ वटा कोटा कायम गरिएको छ ।
च्यांग्रा जोनमा आवद्ध संस्थाले ५० प्रतिशत देखि ८५ प्रतिशत अनुदान उपलब्ध गराउने परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ । यस्तै गण्डकी प्रदेश सरकार र संघीय सर्शत अनुदान अन्तर्गत मुस्ताङमा च्यांग्रा पालनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेको थापाले जानकारी दिनुभयो ।