बसन्त कुमार श्रेष्ठ नेपाली काग्रेस प्रदेश समितिको कोषाध्यक्षमा मनोनित

-


     कालिका दर्शन     
     फागुन ३ गते २०७८ मा प्रकाशित


नेपाली काग्रेसको गण्डकी प्रदेश कार्य समितिको कोषाध्यक्षमा प्रदेश समितिका सदस्य बसन्त कुमार श्रेष्ठ मनोनित हुनु भएको छ । बागलुङका युवा नेता श्रेष्ठ बागलुङ क्षेत्र नं.१ बाट हालै महाधिवेशन प्रतिनिधीमा निर्वाचित हुनु भएको थियो ।
नेपाली काग्रेसको बिधान अनुसार अध्यक्षले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्माले मंगलबार प्रदेश समितिको बैठकमा श्रेष्ठलाई मनोनयन गर्नु भएको हो । नेपाली काग्रेसमा विद्यार्थि जिवन देखि क्रियाशिल श्रेष्ठ गत स्थानिय निर्वाचनमा बागलुङ नगरपालिकामा नेपाली काग्रेसको नगर प्रमुखको उम्मेदवार रहनु भएको थियो ।