काँग्रेसको चुनाव लक्षित कार्यक्रम ‘जनतासँग नेपाली काँग्रेस’

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


नेपाली काँग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोल सम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो । काँग्रेस बागलुङको सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।


अभियान अन्तरगत तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने नेपाली काँग्रेस बागलुङका सभापती जित शेरचनले बताउनुभयो । अभियान आगामी सातादेखी नै संचालन हुने हरेक स्थानिय तहका लागि जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने काँग्रेस बागलुङले जनाएको छ ।
बैठकले महासमिति सदस्यको निर्वाचनका लागि फागुन ७ गते मनोनयन दर्ता गर्ने र फागुन ९ गर्ने निर्वाचनको मिति तय गरेको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
क्षेत्रीय अधिवेशनमा नै महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्नेमा केहीको निर्विरोध भएता पनि केहीमा भने बाँकी रहेका कारण केन्द्रिय निर्देशन अनुसार मिति तय गरिएको सचिव शर्माले बताउनुभयो ।
काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपी स्मृती भवनको निर्माणको अभियानमा बैठक मार्फत सवै क्रियाशिल सदस्यदेखी सवै तहका पदाधिकारी सदस्यहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।