राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बागलुङका १ सय १९ विद्यालयहरु छनौट

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका १३ हजार ४ सय ७३ विद्यालयहरुले प्रस्ताव बुझाएकोमा ४ हजार १ सय ५७ विद्यालयहरु छनोटमा परेका छन । यस मध्ये बागलुङ जिल्लामा १ सय १९ विद्यालयहरु छनोटमा परेको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याबका लागि ६ लाख ५० हजार छुट्याइएको छ । अब ९७६ विद्यालयमा ४ कोठे, ९६६ विद्यालयमा २ कोठे भवन निर्माण हुनेछ । २१०६ विद्यालयमा आइसीटी ल्याब ब्यवस्थापन हुनेछ । यस्तै ८८ विद्यालयमा प्राविधिक ल्याब र २१ नयां प्राविधिक शिक्षालय निर्माण गरिने छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख बजेट रहेको छ । शिक्षामा निरन्तर सुधारको प्रयास भैरहेको बताउदै शिक्षा मन्त्री पौडेलले अबको बजेटमा शिक्षा बजेट २० प्रतिशत हुनुपर्नेमा जोड दिनु भएको छ ।

बागलुङबाट छनोटमा परेका विद्यालयहरु