बागलुङको तमानखोलामा उत्पादित ढाकाको कपडाले बजार नपाउँदा उद्यमी निराश बनेका छन् । सुरु–सुरुमा स्थानीयले चासो दिएर खरिद गरेपनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको हो ।
उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी निराश भएका छन् । चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानगाउँका महिलाले बजारीकरणमा समस्या हुँदा निराश हुनुपरेको उनीहरुको भनाई छ
ढाकाका कपडा उत्पादन गर्दै आउनुभएकी जुनामाया घर्ती सस्ता कपडासँग प्रतिस्प्रर्धा गर्न नसकिएको बताउनुभयो । ढाकाको महत्व नबुझ्दा उत्पादनले बजार नपाएको उहाँको बुझाई छ । चौध जनाले सामूहिक रूपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकोमा हाल सात जनामा सीमित भएको घर्तीले बताउनुभयो ।
ढाका उद्योगले महिलाको आयआर्जनमा टेवा पु¥याएको जमुना घर्ती मगरले बताउनुभयो । ढाकाको चोला, खास्टो, गलबन्दी, पछ्यौरा लगायतको व्यापार खस्केको र आफँै गाउँ गाउँमा पुगेर बिक्री गर्न उहाँको भनाई थियो । व्यापारमा कमी आएपछि कतिपयले ढाका उद्योग छाडेर पुरानै काममा फर्केको घर्तिले बताउनुभयो ।
ढाकाका कपडाका कारण घरको चुलोचौकोमा सीमित तमानगाउँका महिलाको दैनिकी फेरिँदै गएको पनि ढाकाले बजार नपाउँदा भने उद्यमीमा निराशा छन् । ढाका उद्योगले महिलाको आयआर्जनमा टेवा पु¥याएको घर्ती मगरले स्मरण गर्नुभयो । केही उद्यमीलाई घरबाट असहयोग हुँदा विस्थापित समेत हुनुपरेको उहाँको गुनासो थियो ।