चैत्राष्टमी मेला २०७८ को तयारी

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


कालिका भगवती गुठी ब्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेला आयोजना गरिने भएको छ । मेला तयारीका लागि व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मूल आयोजक समिति समेत गठन गरिएको छ ।
यस बर्षको चैत्राष्टमी मेलामा विगतकै कार्यक्रमहरुलाई समावेश गरिएको अध्यक्ष कुमार खड्काले जानकारी दिनु भयो । चैत्राष्टमी मेलाको विशेष आकर्षण लोक दोहोरी प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजार, तथा तेस्रो पुरस्कार ७५ हजार राखिएको छ ।
कालिका कप भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजार तथा तेस्रो पुरस्कार ७५ राखिएको छ । लोकभजन प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, दोस्रो पुरस्कार १ लाख तथा तेस्रो पुरस्कार ५० हजार राखिएको छ । यसै गरी परम्परागत छेलोमा प्रथम पुरस्कार ११ हजार १ सय ११ तथा दोस्रो पुरस्कार ५ हजार ५ सय ५५ राखिएको कालिका भगवती गुठीले जनाएको छ ।
कालिका भगवती मन्दिरको स्थापना संगै अस्तित्वमा आएको ऐतिहासिक चैत्राष्टमी मेला कोरोना महामारीका कारण गत २ बर्षका चैत्राष्टमी मेलाहरु संचालन हुन सकेका थिएनन ।