एमसीसीबारे शम्भु उप्रेतिका ४ तथ्य

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


मिलीनियम च्यालेन्जको जारी बिबाद र बिरोध को समन्धमा आम सर्बसाधरण जनताहरु र राजनैतिमा स्वतंत्र बिचार बोकेको मानिस हरु ले बुझ्न बुझाउन पर्ने तथ्य हरु

१- यो MCC सहयोग परीयोजनाबाट समन्धीत बिज्ञ टोलीको राय सुझाव लिएर हाम्रो देशको हितमा हुने क्षेत्र निर्धारण गरी समन्धीत अमेरिकी सरकारको निकाय संग माग गर्ने सरकार प्रमुख र बिज्ञ समूह को राय र तर्क आउनु पर्यो ।

२- यो सहयोग रकम सर्त सहीत स्वीकार गरी पटक पटक लिखित द्धीपक्षयी सहमति जनाउदै आजको दिन सम्ममा यस क्षेत्रमा तमाम काम हरु मा को को नेताहरु र उच्च पदस्थ अधिकारी हरु बाट सहमति मा सहीछाप गरेको थिए नामावली प्रकाशित गर्नु पर्यो ।३- जबकि हालको प्रमुख दलहरु का सबै शिषर्श नेताहरुको पालामा अघी बडाईएको देखीन्छ। तर ऐले बोली फेर्ने, ढाट्ने, सदन र सडकमा फरक चरीत्र प्रदर्शन गर्ने, सडकमा उत्तेजना फैलाउन सहयोग गर्ने कार्य संकास्पद देखीन्छ । रास्ट्र को हीत भन्दा दलगत, गुटगत हितलाई प्राथमिकता दिने द्धैध चरीत्र बोकेको नेताहरु कदापी रास्ट्रबादी राज नेता य होईनन चिनौ र यीनिहरु प्रति खेद ब्यक्त गरौ ।

३- संसारभरीका देश हरुमा सर्बाधीक हैकम राख्न सक्ने सम्पन्न मुलुक प्रति आलोचना र उल्टै बदनामि शब्द हरु पटक्कै सुहाउदो कुरो होईन ।जबकि सर्बबिधीतै छ कि बिश्व का कैयो रास्ट्र हरुले स्वीकार गरीएको यो सहयोग रकम हो ।हामि लाई नचाहीने हो भने यतीका बर्ष देखी किन निरन्तरता दिईयो र आजको दिनमा यो बिषयलाई मजाक बनाउने र समस्या को निकास नदिने सरकार हरुको नालायकीपन प्रति खेदयुक्त प्रश्न राखौ ।

४- अन्त्यमा बर्तमान सम्मानिय प्र म शेरबहादुर ज्यू बाट बर्षौ देखिको निरन्तरता दिईएको तर केही समय देखी राजनैतिक दाँवपेंच को सिकार बनाई चरम बिबादीत बनाईएको यस सहयोग परीयोजनालाई लोकतांत्रिक पद्धति अनुरूप जनताहरु को प्रतिनिधि मूलक थलो सदनबाट टुगो लगाउने सत्प्रयास लाई साथ नदिने, बुझपचाई द्धैध चरीत्र प्रदर्शन गरी अन्तराष्ट्रीय क्षेत्र मा नेपाल को गरीमालाई ओझेलमा पारी बदनाम गराउने द्धैध चरीत्र बोकेको नेताहरु को पहीचान गरी बिरोध गरौ ।

आज सम्म यो बिषय लाई याहा सम्म लियाई पुर्याउने तर टुगोमा पुग्न बाट रोक्ने कार्य लाई आपत्तिजनक छ ।हाम्रो जस्तो अबिकसीत मुलुकको समृद्धि खातीर सहयोग रकमको प्रकृती हेरी सदनबाट टुगो लगाउने बिषय प्रति ऐक्यबद्धता जनाउऔ । जस्तो परीणाम आउछ स्वीकार गर्नुको बिकल्प नखोजौ अन्यथा ऐतिहासिक रुपमा महाभूल हुनेछ ।हाम्रो देशको राजनैतिक अस्थिरता र बेथीतिको उपजको रुपमा जटील बनाईएको सहयोग परियोजनाको मुद्दालाई यस पटक टुगो लगाउन चालिएको लोकतांत्रिक पद्धति प्रति सम्मान गरौ । जयनेपाल जय मातृभूमि !जय स्वाभिमानी नेपाली जनताहरु ।

(लेखक बाग्मती सफाई अभियन्ता एवं शसस्त्र प्रहरीका पूर्व एसएसपी हुुनुहुन्छ ।)