पञ्चकोटमा बृहत सभाको तयारी

-


     कालिका दर्शन     
     फागुन ५ गते २०७८ मा प्रकाशित


बागलुङको विशेष पर्यटकिय गन्तब्य सर्बसिद्धिधाम पञ्चकोटमा बृहत सभा हुने भएको छ । फागुन ७ गते शनिवार हुने सो सभामा सस्थापक सदस्यहरुको सहभागिता रहने जनाइएको छ । पञ्चकोट सिलन्यासका अवसरमा २५,५५५ वा सो भन्दा बढी दान गर्नेहरु सस्थापक सदस्य रहने प्राबधान रहेको पञ्चकोट समितिका सदस्य केशव कार्किले जानकारी दिनु भयो ।
कार्किका अनुसार बृहत सभामा अहिलेसम्म सो स्थानमा भएका निर्माण कार्य र भैरहेका कार्यहरुका बारेमा जानकारी गराइने छ । साथै आगामी दिनमा गरिने कार्यहरु तथा फागुन ९ गते पञ्चकोटको बार्षिकोत्सवको बारेमा छलफल हुने उहांले बताउनु भयो
सो सभा स्वामी कमलनयनाचार्यको प्रमुख आतिथ्यतामा संचालन हुने पनि कार्किले जानकारी दिनु भयो । स्वामी कमलनयनाचार्यको निमन्त्रणामा गण्डकी प्रदेशका मुख्यमन्त्री लगायतको टोलीले गएको महिना पञ्चकोट क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । पञ्चकोटमा विश्व शान्ति कलश स्थापनाका लागि पूर्वाधार निर्माणका कार्यहरु भैरहेका छन ।