राससकर्मी तारानाथ आचार्य पुरस्कृत

-


     कालिका दर्शन     
     फागुन ६ गते २०७८ मा प्रकाशित


राष्टिय समाचार समितिको ६१ औं बार्षिकोत्सवको अवसरमा सात प्रदेशका स्थानीय समाचारदाता लगायतलाई पुरस्कृत गरिने भएको छ । रासस संचालक समितिको शुक्रबार बसेको बैठकबाट गण्डकी प्रदेशबाट बागलुङका तारानाथ आचार्यलाई पुरस्कृत गर्ने निर्णय भएको छ । आगामी १८ गते विशेष कार्यक्रममा नगद १८ हजार सहित आचार्यलाई औपचारिक रुपमा पुरस्कृत गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सह सचिव आचार्य ढोरपाटन दैनिक तथा धौलागिरी एफ.एममा समेत संलग्न हुनुहुन्छ । पत्रकार आचार्यलाई कालिका दर्शन परिवारको तर्फ देखि हार्दिक बधाई सहित धेरै धेरै शुभ कामना