कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति

-


     कालिका दर्शन     
     फागुन ६ गते २०७८ मा प्रकाशित


राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ ।
आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको कालिगण्डकी करिडोर अर्थात मालढुंगा–राम्दी–गैंडाकोट खण्डको हालसम ३१ दशमलव २५ प्रतिशत मात्र प्रगति भएको हो ।
गैडाकोट–राम्दी–मालढुंगा सडक अन्तर्गत २ सय ४५ किलोमिटर रहेको छ । सरकारले सो सडकको ट्¥याक निर्माण गर्ने तथा स्तरोन्नति गर्ने काम गर्दै आएको छ । आयोजनाको निर्माण सम्पन्न हुने अवधि आर्थिक वर्ष २०८०/८१ रहेपनि निर्माणमा भएको ढिलासुस्ती र सरकारी कम चासोका कारण समयमै निर्माण नहुने सम्भावना बढेर जान थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजनाको भौतिक प्रगति ३१ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति २९ दशमव ८७ प्रति अर्थात् आरएमडीपी समेत गरेर ६ दशमलव शून्य ४ अर्ब खर्च भएको जनाएको छ । सो आयोजनाको आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पनि लक्ष्य अनुसार आधा पनि काम नभएको पाइएको छ ।
मन्त्रालयले दोस्रो त्रैमासिक अवधिमा भौतिक प्रगति ४२ दशमलव १४ प्रतिशत र वित्तीय प्रगति ५० दशमव २६ प्रतिशत मात्र काम सम्पन्न भएको जनाएको छ । चालू आर्थिक वर्षमा मन्त्रालयले १ किलोमिटर ट्र्याक निर्माण, १ सय ७ किमी कालोपत्रे र १६ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।