पाखाथरमा चितुवा भेटियो ।

-


     कालिका दर्शन     
     फागुन ७ गते २०७८ मा प्रकाशित


बानपा ३ पाखाथरमा घाइते अवस्थामा करिब २ बर्षको चितुवा भेटिएको छ । बिहान ७ बजे तिर स्थानीयहरुले सो चितुवा देखेपछी समातेका थिए । शरीरमा चोट पटक नदेखिएको र निकै कमजोर अवस्थामा देखिएको स्थानिय धनमाया शर्माले बताउनु भयो ।
स्थानियहरुको रोहबरमा प्रहरी र डिभिजन बन कार्यालयका कर्मचारीहरुबाट मुचुल्का तयार गरी बन कार्यालयको जिम्मा लगाइएको स्थानिय अमृत सापकोटाले जानकारी दिनु भयो । अहिले चितुवाको स्वास्थ्य अवस्था बुझ्ने काम भैरहेको डिभिजन बन कार्यालयले जनाएको छ ।