माओबादीले बागलुङको संगठनलाई विस्तार गर्दै जनताको घरदैलोमा पुग्ने

-


     कालिका दर्शन     
     फागुन ७ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र बागलुङ नगर समितिले पार्टीको नगर संगठनलाई अझै शसक्त बनाउने निर्णय गरेको छ । शनिवार बसेको नगर समितिको बैठकले बागलुङ नगर पालिका भित्रका १४ वटै वडा भित्रका सेल, टोल तथा वार्ड समितिका बैठकहरु फागुन १४ गते सम्म राख्ने निर्णय गरेको छ ।
नगर समिति बैठकले सेल, टोल तथा वडा समिति बैठकका लागि नगर प्रतिनिधिहरु समेत तोकेको छ । सो बैठकले वडा नं १ मा बसन्त मल्ल, २ मा इन्द्र केसि, ३ मा धनमाया शर्मा, ४ मा हेमलाल पौडेल ५ मा टेक बहादुर खत्री, ६ मा चित्र बहादुर सुवेदी, ७ मा महेन्द्र वि.क, ८ मा गिता खड्का, ९ मा टिकाराम पौडेल, १० मा राजु खड्का, ११ मा इन्द्र केसी, १२ मा भिम पौडेल, १३ मा प्रकाश रखाल तथा १४ मा जिबन शर्मालाई प्रतिनिधि तोकेको छ ।


यसै गरी नगर समिति कोषाध्यक्ष धनमाय शर्माको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । नगर समितिको अध्यक्ष, सचिव तथा कोषाध्यको दस्तखतमा बैक खाता संचालन गर्ने निर्णय गरेको छ । बैठकले नगर समितिको स्वच्छिक आर्थिक कोष समेत बनाउने भएको छ । प्रदेश सल्लाहकार बद्रि प्रसाद शर्मा तथा नगर सचिव राजु खड्कालाई क्यालेण्डर प्रकाशनको जिम्मा दिइएको छ ।
बैठकमा प्रदेश समितिका सदस्य राजिब घिमिरेले माओबादी पार्टीको बलिदान, त्याग तथा समर्पणबाट देशमा परिवर्तन भएकाले यो परिवर्तनलाई सस्थागत र दिगो बनाउन माओबादीकै नेता तथा कार्यकर्ताहरुले सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहांले बागलुङ नगरपालिकामा नगरको संगठनलाई विस्तार र परिपक्क बनाउदै आगामी चुनावमा त्यसको ठोस परिणाम देखिने गरी लाग्न नगर समितिका सदस्यहरुलाई आग्रह गर्नु भयो । सो अवसरमा प्रदेश समितिका सदस्यहरु चन्द्र बहादुर थापा शिखर, कुमार विक्रम क्षेत्रि, माधब प्रसाद शर्मा प्रदेश सल्लाहकार बद्रि प्रसाद शर्मा लगायतले आआफ्ना भनाईहरु राख्नु भएको थियो ।
बैठकमा अध्यक्ष इन्द्र केसीले नगर अधिवेशनपछि हालसम्मको गतिविधिहरुको रिपोटिङ गर्नु भएको थियो । नगर सचिव राजु खड्काले संचालन गर्नु भएको सो बैठकमा उपाध्यक्ष महेन्द्र विकको स्वागत र अध्यक्षता इन्द्र केसीले गर्नु भएको थियो ।