बागलुङको विशेष पर्यटकिय गन्तब्य पञ्चकोटमा शनिवार विराट श्रीसभा सम्पन्न भयो । स्वामी कमलनयनाचार्यको विशेष उपस्थितिमा सस्थापक सदस्यहरु, धार्मिक तथा सामाजिक ब्यक्तित्वहरु सहभागी सो अवसरमा कलश निर्माण, पञ्चकोट क्षेत्रको शौन्दर्यता बृद्धि तथा सडक विस्तार र स्तरबृद्धिका सम्बन्धमा छलफल भएको थियो ।
पञ्चकोटमा करिब ५ हजार सस्थापक सदस्यहरु रहेका छन । पञ्चकोटमा निर्माण हुनलागेको विश्वशान्ति कलश पनि बजेट कै कारणले उच्च गतिमा काम हुन नसकेको बताइएको छ । साथै कैहौं व्यक्तीहरुले बोल कबोल गरेको रकम नबुझाउदा पनि समितिले उच्च गतिमा काम गर्न नसकेको बताइएको छ । बोल कवोल गरेको रकम सिघ्र बुझाएर सहयोग गर्न सम्बन्धीत व्यक्तीहरुलाई समितिले अनुरोध गरेको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकिय गन्तव्यको सूचिमा सुचिकृत गरेको भए पनि प्राथमिकता दिएर बजेट विनियोजन नगरेको स्थानियको गुनासो छ । आगामी बैठकमा पञ्चकोटको योजनालाई लिएर बृहत छलफल गरिने समितिले जनाएको छ । पञ्चकोटमा हाल दैनिक जसो उल्लेख्य मात्रामा मानिसहरुको उपस्थिति देखिन्छ । शनिवार तथा सार्बजनिक बिदाको दिनमा भने भिडभाड नै हुने गरेको छ ।